एजेन्सी । लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप–२०२३ को उपाधि जितेको छ ।
फाइनलमा नाशभिल एफसीलाई हराउँदै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो । टाइब्रेकरमा नाशभिल १०–९ गोलले पराजित भयो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो ।
खेलकाे २३औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि थप गोल नभएपछि खेल सडन डेथसम्म पुग्यो ।
सन् २०२० मा स्थापित इन्टर मियामीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । मेस्सी हालै इन्टर मियामीमा आबद्ध भएका थिए ।
टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए।