देशभर अहिले डेंगु लगायत झाडापखला, हैजा लगायतका राेगकाे संक्रमण बढ्दाे छ ।
सामान्य उपचारकाे जनचेतना अभाव तथा हेल चेक्राउकाे कारण अकालमा ज्यान जाने भएकाले राेग लाग्नु भन्दा पहिला बेलैमा ध्यान दिएकाे राेग लाग्नबाट बच्न सकिन्छ । तर्सथ यी बच्ने उपायहरू अपनाएर जाेगिन सकिन्छ । जुन यस प्रकार छ : –
– सधैं पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने ,
– व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिनु पर्छ ,
– बासी सढेगलेका खानेकुरा नखाने,
– खानालाई छोपेर राख्ने ,
– काँचै खान मिल्ने फलफुल र तरकारीको सरसफाईलाई विशेष ध्यान पुर्याऔं साथै एडीस जातका लामखुट्टेको (कालो-सेतो छिर्केमिर्के देखिने) टोकाईबाट सर्ने डेंगी रोगबाट बच्न:
– आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जनेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिऔं – घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौं
– जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने
– पुरै शरिर ढाक्ने लुगा लगाऔं र सचेत रहौ साथै खाद्यन्न तथा खानेपानी वितरक सम्पुर्ण सरोकारवाला निकाय तथा व्यवसायीहरुलाई सचेत रहन अनुरोध गर्दछौं ।