शुक्र, जेष्ठ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

काभ्रेमा एक महिनामा १४ सवारी दुर्घटना, ५ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रे / बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेका धुलिखेल नगरपालिका—८ का २२ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल बनेपा–१३ भैंसेपाटीमा दुर्घटनामा परी मृत्यु भयो । कार्यालयको कामका सिलसिलामा हिँडेका उनी मंगलबार बिहान सवा १० बजेतिर आफूले चलाएको बा प्र–०२–०३४ प ११६७ नं को मोटरसाइकल साँगा–धुलिखेल खण्ड बिस्तारका लागि सडक छेउमा अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्रीका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

निर्माण सामग्रीमा चिप्लिएर मोटरसाइकल अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा प्र०३–००१ ख १५८६ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बुधबार दिउँसो साढे ३ बजे अरनिको राजमार्गको धुलिखेल—३ स्थित मिराबेल चोकमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भयो । बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा७प ७२८८ नम्बरको मोटरसाइकल र बनेपातर्फ जाँदै गरेको बा२क २०१९ नम्बरको ट्रक ठोक्किँदा मोटरसाइकल चालक प्यूठानको प्यूठान–८ का २७ वर्षीय सुरज गिरी धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । साउन महिनामा मात्रै काभ्रेमा १४ वटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । चार मोटरसाइकल चालक र एक टिपर चालकको मृत्यु भएको प्रहरीको भनाइ छ । मृतकहरु २० देखि ३० वर्ष उमेरका बढी छन् ।

यी दुर्घटनामा प्रमुख कारण सवारी चालकको लापरबाही देखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले बताए । सडकको गुणस्तर, चालकको लापरबाही र किनारमा जथाभावी राखिने सामग्रीले दुर्घटनाको मुख्य कारण देखिन्छ । साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्रीलाई व्यवस्थित गराउन जिल्ला प्रशासन कार्यालयले निर्माण व्यवसायीलाई ध्यानाकर्षण गराएको छ । सडकमा निर्माण भइरहेको संकेत चिह्न र सावधानी अपाउनका लागि निर्देशनात्मक चिह्न पनि राखिएका छैनन् । जसले गर्दा सडकमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् ।

राजमार्गमा लगातार दुई दिन भएको सवारी दुर्घटना र मानवीय क्षति भएपछि मात्रै यस विषयमा प्रहरी र प्रशासनको ध्यान गएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सडकमा निर्माण कार्य भइरहेको बारे सांकेतिक चिह्न र सावधानी अपाउनका लागि निर्देशनात्मक चिह्न राख्न व्यवसायीलाई निर्देशन दिइएको बताए । सडकमा भइरहेको निर्माण कारण मात्रै सवारी दुर्घटनाको प्रमुख कारण नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले बताए । ‘काभ्रेमा भएका लगातारका दुई दुर्घटनामा एउटामा चालकको लापरबाही र अर्कोमा असवाधानीका कारण भएको देखिन्छ,’ उनले भने, ‘अधिकांश दुर्घटना चालकको लापरबाहीकै कारण भएको पाइएको छ, ट्राफिक नियमको पालना पनि गरिएको पाइँदैन ।’

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

३ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सगरमाथामा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन बनिन् बियान्का

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

स्थानीय सरकारको गरिमा बढ्याे

नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव

लाइभ : प्रतिनिधिसभा बैठक सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक