काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा ८ लाख ६२ हजार ९९२ पर्यटक नेपाल भित्रिएका छन्।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांकमा उक्त तथ्यांक उल्लेख छ।
यस आर्थिक वर्षमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या ३ लाख ७४ हजार १४७ रहेको थियो।