काठमाडौं । युरोपियन क्लब इजरायलको हापोएल रानाना पुगेकी नेपाली महिला राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले डेब्यू खेलमै गोल गरेकी छिन्।
अनेथा कपअन्तर्गत बिहीबार भएको खेलमा उनले हादेराविरुद्ध डेब्यू खेल खेल्दै गोल समेत गरेकी हुन्।
साम्बाको १ र अर्का खेलाडी अदी गोल्डेनको १ गोल मद्दतमा रानानाले हदेरालाई २–० ले हराउन सफल भयाे।
योसँगै साम्बा युरोपियन क्लबका लागि गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छन्। इजरायलको महिला लिग भने अगस्ट ३१ बाट सुरु हुँदैछ। ८ टिमबीच प्रतिस्पर्धा हुने लिगमा साम्बाको टिम रानानाले अगस्ट ३१ मा इरोनी रामतसँग खेल्नेछ।