बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा केही बैंकले घटाए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा केही बैंकले घटाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भदौको लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा केही बैंकले भने घटाएका छन् ।

निक्षेपमा भद्र सहमतिको नाममा बैंकर्स संघले ब्याजदर तोक्दै आएकोमा १ साउनबाट उक्त सहमति खारेज गर्दै वाणिज्य बैंकहरुले आफैं तोक्न सुरु गरेका थिए । गत असारको तुलनामा साउनमा केही बैंकले निक्षेपको ब्याजदर घटाएका र केही बैंकले बढाएका थिए भने केही बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका थिए ।

केही बैंकले भदौमा पनि सोही ब्याजदरलाई निरन्रता दिँदा अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा कायम गरेको भद्र सहमति खारेज गरेसँगै छोटो अवधिको निक्षेपको मुद्धति निक्षेपको ब्याजदर कम र लामो अवधिको मुद्धति निक्षेपको ब्याजदर बढी तोक्दै आएका छन् ।

भदौमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र नेपाल एसबीआई र कुमारी बैंकले मुद्धति निक्षेपको अधिकतम ब्याजदर साउनकैलाई निरन्तरता दिएका हुन् । हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगालले बचतको ब्याजदर पनि परिवर्तन गरेका छैनन् । तर, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक र एनआईसी एशिया बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले भने व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर घटाउँदा ११ वटा वाणिज्य बैंकले भने ब्याजदर बढाएका हुन् ।

भदौमा ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा अधिकत १०.८९६ प्रतिशत ब्याजदर दिने भएका छन् । कुमारी बैंकले १ साउनमा व्यक्तिगत मुद्धति निक्षेपमा अधिकतम १०.०१ प्रतिशत प्रकाशित गरेकोमा ९ साउनमा आएर बढाउँदै १०.८९६ प्रतिशत पुर्‍याएको थियो । भदौमा ९ साउनमा प्रकाशित गरेको ब्याजदरलाई नै बैंकले निरन्तरता दिएको हो ।

राष्ट्र बैंकले नीतिगत दरलाई परिवर्तन गरेको अवस्थामा बैंकहरुले तत्कालै निक्षेपको ब्याजदर परिवर्तन गर्नसक्ने सुविधा उपयोग गर्दै कुमारी बैंकले ब्याजदर परिमार्जन गरेको थियो । साउनमा १० वर्ष भन्दा माथिको मुद्धति निक्षेपको लागि अधिकतम १०.९८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको एनएमबि बैंकले भदौमा व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर नै ९.९९ प्रतिशत कायम गरेको छ । यस्तै प्राइम कमर्सियल बैंकले पनि साउनमा १०.९३ प्रतिशत बनाएको निक्षेपको अधिकतम ब्याजदर भदौमा १०.५ प्रतिशतमा झारेको हो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले साउनको तुलनामा भदौमा घटाउन सक्ने सीमा ०.०३ प्रतिशतले घटाएको छ । साउनमा ८.९५ प्रतिशत रहेकोमा बैंकले भदौमा ८.९२ प्रतिशतमा झरेको हो । एनआईसी एशिया बैंकले १०.८९६ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने भए पनि साउनमा १०.९३६ रहेकोमा भदौमा ०.०४ प्रतिशतले घटाएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेपको ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनामा सोही वर्गका बैंकहरुले मुद्धति निक्षेपमा दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत बिन्दुले तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । सोही अनुसार साउनमा वाणिज्य बैंकले मुद्धति निक्षेपमा दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्दा अधिकतम १०.८९६ प्रतिशतसम्म जान सक्ने भएपछि सोही अनुसार ७ वटा वाणिज्य बैंकले अधिकतम ब्याजदर प्रकाशित गरेका हुन् ।

राष्ट्र बैंक्ले संस्थागत मुद्धति निक्षेपको ब्याजदर व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर भन्दा २ प्रतिशत बिन्दुले कम गर्नुपर्ने व्यवस्था गरेको छ । व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बचतमा पनि अधिकतम र न्युनतम ब्याजदर अन्तर २ प्रतिशत बिन्दु भन्दा बढी गर्न नपाईने व्यवस्था छ । तर, रेमिट्यान्स बचत तथा मुद्धतिमा भने व्यक्तिगत बचत र मुद्धतिको भन्दा न्युनतम १ प्रतिशत थप ब्याजदर दिनपर्ने हुन्छ ।

कल निक्षेपमा बचतको न्युनतम ब्याजदरको ५० प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने व्यवस्था छ । सोही आधारमा बैंकहरुले निक्षेपको ब्याजदर प्रकाशित गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि

क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि

१७ मिनेट अगाडि
पूर्वप्रधानमन्त्री माकुनेको बयान जारी

पूर्वप्रधानमन्त्री माकुनेको बयान जारी

२५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक