काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने तयारी गरेका छन्।
यसका लागि उनले बुधबारै प्रदेश सभा सचिवालयमा निवदेन दिएको प्रदेश सभाका प्रवक्ता गौतम राज अमात्यले जानकारी गराए । संविधानको धारा १८८ को उपधारा १ अनुसार थापाले आफूलाई प्रदेश सभा सदस्यहरुको विश्वास रहेको छ भन्ने स्पष्ट पार्न प्रदेश सभामा निवेदन दिएका हुन्।
थापाको उक्त निवेदनउपर निर्णयका लागि सभामुखले समय तोक्नु पर्ने संवैधानिक व्यवस्था छ। तर सभामुख रिक्त रहेको र कार्यबाहक सभामुखको हैसियतमा उपसभामुखक सीर्जना दनुवारसमक्ष निवेदन पेस गरेपनि थप निर्णय नआएको प्रदेश सभा सचिवालयले जनाएको छ। यसअघि शुक्रबार प्रदेश सभाको बैठक बस्ने तयारी छ।
अपराह्न १ बजे बस्ने भनिएको बैठक २ बजेसम्म बस्न सकेको छैन। साउन १६ गते मुख्यमन्त्री भएका थापाले भाद्र १४ गतेसम्ममा विश्वासको मत लिनु पर्नेछ।