सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

संकटमा एमाले ! अब के गर्ला ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण
केही साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर सिनामंगलबाट बरामद भएको सुन तस्करीको प्रकरणमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आएको छ । सुन तस्करीमा उच्चपदस्थ व्यक्तिको संलग्नताको कारण यो विषयमा प्रहरीबाट मात्र नभई आयोग गठन हुनुपर्ने र आयोगले छानबिन र अन्य कानुनी प्रक्रिया अघि बढाउनुपर्ने तर्क एमालेले गर्दै आएको छ । आयोग गठन  नभएसम्मका लागि एमालेले विरोधस्वरुप संसद् पनि अवरुद्ध गरेको छ । एमालेको सोमबार बसेको पार्टी सचिवालयको बैठकले पनि उक्त प्रकरणमा न्यायिक समिति गठन गर्न ढिलाइ गरे तस्करीका प्रमाणहरु नष्ट हुने निस्कर्ष निकालेको थियो । अहिले सुन तस्करीको अनुसन्धानसमेत फितलो बनेको एमालेको निष्कर्ष छ । बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी र यसले उत्पन्न गरेका जटिलताबारे गम्भीर छलफल भएको र यो विषय छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति अनिवार्य रहेको धारणा राखेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोदाम छापा मार्दा पनि प्रमाण नभेटेको, संलग्नहरू फरार भएको र यसले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती र अन्तर्राष्ट्रिय छवि बिग्रने जोखिम
बढेकाले पनि आयोग गठन हुनुपर्ने तर्क गरेको छ । एमालेकै विरोधका कारण संसद अवरुद्ध हुँदा अन्य जनचासोको विषय भने ओझेलमा परेका छन् । यसबीचमा सत्तारुढ गठबन्धनको बैठकले भनेएमालेले माग गरेअनुसार सुन काण्डको  विषयमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले जारी छानबिन रोक्न र प्रकरणलाई विषयान्तर गर्न आयोग गठनको विषय बाहिर ल्याइएको निष्कर्ष निकालेको छ । उच्चस्तरीय छानबिन आयोगको माग अहिलेको छानबिनलाई रोक्नु र विषयान्तर गर्नु हो भन्ने बैठकको निष्कर्ष थियो । यसअघि सत्ता गठबन्धनको ठूलो दल कांग्रेसको संसदीय दलको बैठकले पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट भइरहेको अनुसन्धान जारी राख्ने निर्णय गरेको थियो । सत्तारुढ गठबन्धनको निर्णयपछि भने एमाले संकटमा परेको छ । विगतमा जस्तो संसद् अवरुद्ध पारिराख्न अहिले सजिलो छैन । यसको चौतर्फी विरोध हुने गरेको छ । जनताको तलबभत्ता पाउने सांसदले संसद्मा जनताको काम गर्न पाउनुपर्ने र यसमा कसैको अवरोध हुन नपाउने मत बलियो हुँदै आएको छ ।

नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले त सभामुखलाई संसदको अवरोध खुला गरिदिन आग्रह गरेको भने अवरुद्ध भएको समयको तलबभत्ता नलिने घोषणा पनि गरेको छ । यसले पनि संसदमा अवरोध राखिराख्नु एमाले आफैलाई पनि थप अलोकप्रिय बन्ने बाटो हुनेछ । सत्ता गठबन्धनले पनि अबको उद्देश्य संसद्को अवरोध कसरी खुलाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पनि राष्ट्रपतिसमक्ष यसको भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । पछिल्लो समय प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको एमाले सत्ता गठबन्धन फेरिएपछि विपक्षमा धकेलिएको थियो । दोस्रो ठूलो पार्टी एमाले अहिले केन्द्रमा मात्र नभई प्रदेशमा पनि सत्ताविहीन छ । पुराना मात्र नभई पनि नयाँ दल पनि अब एमालेका लागि चुनौती बनेका छन् । यसबीचमा संसद् अवरुद्ध जस्तो अलोकप्रिय काम गर्ने हो भने एमाले थप संकटमा पर्न सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेपछि भने तौल घटेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकले जनाएको छ । साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैंकले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो । असार ३० मा हबकबकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ।।।रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो । १६० वटा ।।।ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । सुन तस्करीमा संलग्न आशंकामा हाल १७ जना हिरासतमा छन् । सीआईबीले संगठित तस्करीविरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ । तस्करीमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिब, चिनियाँ नागरिक जिक्वाब लिन र तिब्बत मूलका
बेल्जियन नागरिक दावा छिरिबको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीहरू जनाउँछन् । नेपाल प्रहरीको आधिकारीक तथ्यांकमा विगत नौ वर्षमा तस्करी गरी भित्र्याइँदै गरेको ६६० किलोग्राम सुन बरामद गरिएको उल्लेख छ ।

यस्तो तस्करीको सुन नेपाल हुँदै भारतसम्म पुग्ने गरेको छ । खुला सीमा तस्कहरुका लागि झनै सहज बनेको छ । भारत विश्वकै अग्रणी सुन उपभोक्ता मध्येको देश हो । वल्र्ड गोल्ड काउन्सिलले दिएको जानकारीअनुसार भारत सुनको गहनाको विश्वकै दोस्रो ठूलो बजार हो । सन् २०२१ मा त्यहाँ सुनका गहनामात्रै ६११ टन खरिद भएको उसले जनाएको छ । सन् २०२२ मा भारतमा कुल ७७४ टन सुन खपत भएको उसको तथ्याङ्कले देखाउँछ । सुन खपतमा चीन पहिलो स्थान र भारत दोस्रो स्थानमा रहेको देखिन्छ । काउन्सिलका अनुसार सन् २०२२ मा विश्वभरिको कुल सुन उत्पादन झन्डै ३६ सय टन थियो । यही बजारलाई तस्करले लक्षित गर्दै नेपाल हुँदै सुन तस्करी गरेको पाइन्छ । -जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

१ हप्ता अगाडि
गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

नेपाल सरकारलाई सहयोग गर्न अपिल

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक