काठमाडाैं । त्रिचन्द्र बहुमुखी क्याम्पस मानवशास्त्र विभागको आयोजनामा काठमाडाैं मानशास्त्र सिम्पोजीयम (Kathmandu Anthropology Symposium-KASII) को दोश्रो संस्करण ऋग्वैदिक हिमालय विषयमा छलफल कार्यक्रम श्रावण ३१ गते बुधबार सम्पन्न भएको छ ।
सो छलफलका मुख्य वक्ता प्रा. डा. कृष्णचन्द्र शर्माले ऋग्वेदको संरचना, यसको सार र व्याख्या परम्पराका विषयमा प्रस्तुती राख्नु भएको थियो । त्यस्तै अन्य वक्ताहरु क्यानडेली वैदिक साधक ग्यारी मिलार र मानशास्त्र विभागका सदस्य दामोदर त्रिपाठीले हिमाली समाज र सभ्यतामा ऋग्वैदिक मूल्य र मान्यताहरुको अवस्थाका वारेमा चर्चा गर्नुका साथै यी पक्षहरुको अध्ययन मानवशास्त्र विषयसँग कसरी सम्बन्धित छन् र यसको अध्ययन नेपाली मानवशास्त्रले कसरी गर्न सक्छ भन्ने वारेमा आफ्ना प्रस्तुतिहरु राखेका थिए ।
त्रिचन्द्र क्याम्पस, मानवशास्त्र विभागका प्रमुख अनुप राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी त्रिचन्द्र क्याम्पसका निमित्त प्रमुख अजन्ता आचार्य हुनुन्थ्यो । प्रमुख अतिथिको मन्तब्य राख्दै निमित्त क्याम्पस प्रमुख आचार्यले मानवशास्त्र विभागले निकै सक्रियताका साथ प्राज्ञिक उन्नयनको काममा त्रिचन्द्र क्याम्पसमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जनाए ।
कार्यक्रममा त्रिन्द्र क्याम्पस समाजशास्त्र विभागका प्रमुख विमलेश ठाकुर सहायक क्याम्पस प्रमुख बालकृष्ण पौडेल, त्रिचन्द्र त्रि.वि. इकाई सभापति टिकाराज कैनी, विभागका सदस्यहरु डा. खड्ग नारायण श्रेष्ठ, होमराज दाहाल, श्रृजना थपलिया लगायतले सम्बोधन गर्नुका साथै कार्यक्रममा क्याम्पसका अर्थशास्त्र, नेपाली, इतिहास, ग्रामिण विकास, समाजिक कार्य, राजनीति शास्त्र, जीव बिज्ञान, गणित आदि विभागका विभागीय प्रमुखहरु, कार्यक्रम संयोजकहरु, प्राध्यापक तथा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन विभागका सदस्य सुजिन राईले गरेका थिए ।
यो कार्यक्रम आगामी मंसिर २१ र २२, २०८० मा पोखरामा सञ्चालन हुने ऋग्वैदिक हिमालय विषयको अन्तराष्ट्रिय सम्मेलन (1st International Conference on Rigvedic Himalaya, ICRH-023, December 7 & 8, Pokhara) को पूर्वतयारीको रुपमा समेत आयोजना गरिएको आयोजकहरुले जानकारी दिएकाछन् । साथै सो एक दिवसीय कार्यक्रम गण्डकी विश्वविद्यालय, मुक्त फाउण्डेशन, त्रिचन्द्र मानवशास्त्र समाज लगाएत संस्थाहरुको समन्वयमा सञ्चालन गरेका थिए ।