इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यवद्धता र संयुक्त कार्यक्रमहरू अघि बढाउनुपर्ने बारेमा छलफल भएको छ।
मंगलबार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बारेमा छलफल भएको हो।
बैठकमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्व लगायत क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो।
छलफलले साउदी र इजिप्टबीचको सम्बन्ध बिस्तार गर्ने र अन्य अरबियन मुलुकको सम्बन्ध पनि बिस्तार गर्दै जानेमा छलफल भएको बताइएको छ।
दुई मन्त्रीहरूले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधन’ काईक्रममार्फत विभिन्न क्षेत्रीय समस्याहरुको सामना गर्न संयुक्त अरब कार्य र एकताको रूपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन्।
भेटमा प्यालेस्टाइन-इजरायली द्वन्द्वको न्यायसंगत समाधानको लागि छलफल भएको छ। बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी थिए।