बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से २०.३१ अंकले गिरावट

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २०.३१ अंकले गिरावट हुँदा २०२५.१२ को बिन्दुमा बनन्द भएको छ ।

साउनमा घटेको निक्षेपको ब्याजदर १ भदौदेखि पुन बढ्नसक्ने चर्चाले सेयर बजार प्रभावित बनेको छ । साउनदेखि निक्षेपको बयाज दरमा हुँदै आएको भद्र सहमति खारेज भएर बैंकहरुले आफैं ब्याजदर तय गरेका थिए । साउनमा केही बैंकले निक्षेपको ब्याजदर घटाउँदा केही बैंकले स्थिर र केही बैंकले बढाएका थिए । ब्याजदर घटाएका बैंकको निक्षेप घटेपछि १ भदौदेखि निक्षेपको ब्याजदर बढाउनसक्ने चर्चा हुँदा सेयर बजार लगातार तेस्रो दिन पनि घटेको हो । २९ साउनमा एकल अंकको सामान्य गिरावट भएको नेप्से ३० साउन मंगलबार ३१.८० अंकको गिरावट भएको थियो ।

बुधबार लगातार तेस्रो दिन पनि नेप्से घटेको हो । ३२ साउन बिहीबार बैंकहरुले १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ । ब्याज बढ्नसक्ने त्रासमा केही नाफामा रहेको लगानीकर्ताले सेयर बेच्न खोज्ने तर खरिद गर्न चाहने लगानीकर्ताको मनोबल कमजोर भएर पर्खन खोज्दा नेप्सेमा गिरावट भएको हो । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.८५ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक १.५८ प्रतिशतले गिरावट भएको छ । वित्त कम्पनी, लघुवित्त, म्यचुअल फण्ड अन्य र व्यापार उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । लगातार २ अर्ब माथिको कारोबार भइरहेको बजारमा बुधबार कारोबार रकम घटेर १ अर्ब ६८ करोडमा झरेको छ । ४५ हजार १६७ वटा कारोबारमा ४८ लाख ३८ हजार १०६ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये हिमालयन डिस्टिलरीको ८ करोड ४२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख र आईएमई लाइफको ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ३४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको स्थिर छ । बिहिबार नेप्सेमा कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा बलेफी हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले वृद्धि हुँदा स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले बढेको छ । यस्तै सन्राइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ४ प्रतिशतले बढेको छ । यता माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ८.०६ प्रतिशतले गिरावट हुँदा स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ८.०३ प्रतिशत र धौलागिरी लघुवित्तको सेयुरमूल्य ७.८९ प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

२ घण्टा अगाडि
महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक