शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टण्डन मृत्यु प्रकरणमा चार पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
टण्डन मृत्यु प्रकरणमा चार पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको हो । पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन । गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन छोरा र छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा बस्दै आएकी थिइन् । २७ साउनमा सालझण्डी नजिकै फायरलाइनमा रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो । उनका आफन्तले पुष्पा आफैं झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।

पुष्पाका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिए, पुष्पाको मृत्युपछि घर आएका छन् । आफन्तहरुका अनुसार छिमेकी रञ्जित भुसालले पुष्पासँग १७ लाख रुपैयाँ सापटी लिएका थिए । सोही रकमका कारण घटना भएको हुन सक्ने उनीहरुको दाबी छ ।

यो पनि पढ्नुहोस्

कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

१ घण्टा अगाडि
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक