काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुन बढी तस्करी हुन थालेकाले राज्यले पनि त्यहीअनुसार सोच्नुपर्ने जनाएका छन् ।
आजको संसदीय दलको बैठकमा उनले सुन धेरै तस्करी हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको एक सांसदले जानकारी दिए ।
त्यसो गर्दा यसले तस्करीको बाटो रोकिने देउवाको धारणा छ ।