आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मोती पाइन सक्छ पोखराका तालमा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
मोती पाइन सक्छ पोखराका तालमा

 

गण्डकी। तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो ।

सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएको र  यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले राससलाई जानकारी दिनुभयो ।

अनुसन्धानको सफलतासँगै अब यस क्षेत्रमा माछापालन गर्ने कृषकले सँगसँगै मोती उत्पादन पनि गर्न सिपीको खेती गर्नसक्ने पुष्टि भएको उहाँले बताउनुभयो । प्रमुख हुसेनले  मोति  गरगहनाका साथै विभिन्न औषधिका लागि पनि प्रयोग हुने गरेको जानकारी दिनुभयो ।

“सिपी माछा जस्तै पानीमा पाइने जीव हो, यसले मोती उत्पादन गर्दछ”, उहाँले भन्नुभयो, “हामीले गरेको अनुसन्धानबाट यो साना साना पोखरी तथा जलाशयमा पाल्न सकिने प्रमाणित भएको छ ।”

विगतमा मोती उत्पादन गर्ने सिपी केबल समुन्द्रमा मात्रै हुने भन्ने भनाइलाई अनुसन्धानले हाम्रा आसपासका जलाशयमा नै पाल्न सकिने तथ्य प्रमाणित गरेको र योसँगै माछापालक कृषकले दोहोरो सुविधा लिनसक्ने देखिएको प्रमुख हुसेनले बताउनुभयो ।

नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा मोती विदेशबाट आउने गरेको छ । एउटै मोतीको दुई हजार रुपैयाँसम्म पर्ने बताउँदै उहाँले तालै तालको सहर पोखराका अधिकांश तालमा यसको व्यावसायिक खेती नै गर्न सकिने जानकारी गराउनुभयो ।

प्रमुख हुसेनका अनुसार हरियो तथा मलिलोपनयुक्त जलाशयमा सिपीको खेती राम्रोे हुन्छ । पोखराका तालमध्ये रुपाताल यसका लागि धेरै सम्भावनायुक्त ताल भएको छ ।

“सिपीको बाह्य आवरणबाट इमेज विड ९मूर्ति छायाँ० र गोलाकार विड ९गोलो मोती० तयार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “करिब १२ महिनादेखि १८ महिनामा मोती उत्पादन गर्न सकिन्छ ।” माछापालनसँगै सिपी पालन पनि गर्न सकिने जानकारी दिँदै प्रमुख हुसेनले  ती सिपी उत्पादनका साथै बाह्य भाग फालेर मासु खानसमेत सकिन्छ । विशेषतः थारु समुदायमा यसको मासुको प्रचलन बढी छ ।

एक हेक्टर क्षेत्रफलमा २० हजार सिपी पालन गर्न सकिन्छ । माछा पाल्ने क्रममा राखिएको आहारा पनि यसलाई हुने उहाँले जानकारी गराउनुभयो । सिपीबाट मोती उत्पादन गर्न त्यसको बाह्य आवरणभित्र इमेजको स्वरुप राखिन्छ । त्यही स्वरुपमा सिपीले मोती भर्दछ । चाहिएको इमेजको स्वरुप राखिएपछि त्यसमा सिपीले मोती भर्ने गर्दछ । करिब १२ महिनादेखि १८ महिनासम्मको अन्तरालमा मोती तयार हुन्छ ।

प्रमुख हुसेनका अनुसार यसको अनुसन्धान गर्दा सिपीको ‘मेन्टल केविटी’ मा सर्जरीको मध्यमले इमेज आकार राखी सिपीलाई साना थैलीमा बाँधेर पानीमा डुबाइएको थियो । त्यसरी राखिएको एक वर्षमा ‘इमेज पर्ल’ र ‘हाफ गोलाकार पर्ल’ पाइएको थियो ।

यो अनुसन्धानले हाम्रा पहाडी तथा तराईका भूभागका प्राकृतिक जलाशयमा मोती उत्पादनका लागि सिपी पालन गर्न सकिने देखिएको उल्लेख गर्दै उहाँले यसमा ध्यान दिन सके कृषकको आम्दानी बढाउन सकिने सम्भावना देखिएको बताउनुभयो ।

पछिल्ला समयमा भारत, बङ्गलादेश, चीन, जापान, भियतनाम र अन्य धेरै देशले मोती खेतीको  प्रविधि विकास गर्दै गएका छन् । यसले दक्षिण–पूर्वी एशियाली देशहरूमा रोजगारी र आयको स्रोतको बढाउँदै लगेको छ ।

अनुसन्धानको सफलतासँगै सात तालको बाटिका सहर उपमा पाएको लेखनाथका तालमा मोती उत्पादनलाई जोड दिदै यहाँका बासिन्दाकोे आयआर्जन बढाउने सम्भावना देखिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष ध्रुबनाथ अधिकारीले बताउनुभयो ।

“स्थानीयवासीलाई आयआर्जनसँग जोड्न उनीहरूलाई आवश्यक तालिम दिएर मोती उत्पादनमा लगाउन सकिन्छ”, उहाँले भन्नुभयो, “वर्षेनी विदेशबाट आयात गरिने मोती उत्पादनमा प्रेरित गर्न सकेमा आगामी दिनमा मोतीमा आत्मनिर्भरतासँगै विदेशमा निर्यात गर्न सकिने देखिएको छ ।” रासस

यो पनि पढ्नुहोस्

इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिए

इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिए

२५ मिनेट अगाडि
साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

४१ मिनेट अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिए

इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिए

२५ मिनेट अगाडि
साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

४१ मिनेट अगाडि
सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

४४ मिनेट अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्याे

५३ मिनेट अगाडि
चलचित्र ‘बालापन’को प्रिमियर

चलचित्र ‘बालापन’को प्रिमियर

५६ मिनेट अगाडि
‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

२ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
  • एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist