काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि जारी छ। शुक्रबारदेखि सुरु भएको संसदीय दलको बैठक आज पनि बसिरहेको हो।
कांग्रेसले बैठकममा एक क्विन्टल सुन तस्करीको छानबिन,अवरुद्व सदन खुलाउने विषय र अन्य समसामयिक विषयमा छलफल गरिरहेको छ।
आइतबारसम्म संसदीय दलको बैठकमा ५४ सांसदले आआफ्नो धारणा राखिसकेका थिए भने आज बाँकी सांसदले बोल्नेछन्। त्यसपछि सभापति शेरबहादुर देउवा लगायतले जवाफ दिनेछन्।
आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ। सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि सदन अवरुद्व पार्दै आएको छ।