मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ८ मान्डुमा रहेको मान्डु हाइड्रोपावरमा आइतबार एकजना पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार आज बिहान फेला परेको पुरुषको शवको पहिचान खुलेको छैन। उनले घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय भीमफेदीको टोली प्रस्थान गरिसकेको जानकारी दिए। गत साउन २१ गते पनि सोही हाइड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको थियो। हालसम्म उनको पहिचान खुल्न सकेको छैन।