आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रलोभन देखाएर बन्धक बनाउँदै फिरौती उठाएकाे आरोपमा सात पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रलोभन देखाएर बन्धक बनाउँदै फिरौती उठाएकाे आरोपमा सात पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जागिरको प्रलोभन देखाएर बंगलादेशदेखि नेपाल बोलाएर बन्धक बनाउँदै फिरौती उठाउने गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

बन्धक बनाउँदै परिवारसँग फिरौती माग गर्ने समूहका सात जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा पाँच जना बंगलादेशी नागरिक छन् भने दुई जना नेपाली नागरिक छन्। बंगलादेशको गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेशको कुमिल्लाका ३८ वर्षीय सलिम मिया, बंगलादेशकै बारिसालका ३७ वर्षीय एमडी मोसिउर रहमान, बंगलादेशकी २१ वर्षीय जहन्जिर आलम, बंगलादेश ढाकाका २१ वर्षीया थमिन बेगम छन्। त्यसैगरी नेपाली नागरिकहरू इलामको चालाचुलीका ३३ वर्षीया रोशनी राई र सिन्धुपाल्चोकको बलेफी–६ का २७ वर्षीया तारा नेपाली छन्।

बंगलादेशी नागरिककै योजनामा नेपाली युवती प्रयोग गरेर बंगलादेशीलाई काठमाडौं बोलाउने र बन्धक बनाएर फिरौती उठाउने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए।

यो समूहले वैदेशिक रोजगारीका नेपालबाट अन्य देश पठाउने भन्दै बोलाउने र काठमाडौं आएपछि सेफ हाउसमा बन्धक बनाएर रकम असुल्ने गरेको पाइएको छ। काठमाडौंमा बन्धक बनाएपछि बंगलादेशमा रहेका उनीहरूका आफन्तलाई फोन तथा भिडिओ कल गर्दै फिरौती रकम लिने गरेको पाइएको छ।

यसरी यो समूहले एक व्यक्तिको परिवारबाट १० लाख रुपैयाँसम्म फिरौती रकम लिएको पाइएको एसएसपी केसीले बताए। फिरौती नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको पाइएको छ।

ज्यान मार्ने धम्की दिएपछि पीडितका परिवारको तर्फबाट शेख पनिरले हुसेन मोथासो कहम्राको खातामा पठाएका थिए। यसरी पटक पटक फोन गर्दै रकम माग गरेपछि अबु बक सिद्धिकी साउन २४ गते पर्यटक प्रहरी भृकुटिमण्डपमा पुगेका थिए।

पर्यटक प्रहरीमा यसबारे सूचना पुगेपछि यसको थप अनुसन्धान अपराध अनुसन्धान कार्यालयले गरेको थियो। जसक्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

यो समूहले बंगलादेशी नागरिकहरूलाई कालिमाटीमा रहेको मेमोरियल गेष्ट हाउसमा राखेको भन्ने सूचना आएपछि साउन २६ गते उक्त गेष्टहाउसमा सोधपुछ गर्दा बंगलादेशी नागरिक अमिर हुसेनले कोठा नम्बर ३१० र ३११ भाडामा लिएको खुलेको थियो।

जहाँ चार जना बंगलादेशी नागरिकलाई बन्धक बनाएर राखिएको पाइएको थियो। उनीहरूलाई उद्धार गर्नुका साथै बन्धक बनाएर राखेको आरोपमा दुई नेपाली युवतीसहित ६ जनालाई पक्राउ गरिएको एसएसपी केसीले बताए।

यो समूहले ललितपुरको हरिसिद्धमा समेत घर भाडामा लिएर बंगलादेशी नागरिकहरू बन्धक बनाएर राखेको पाइएकाले उनीहरूको समेत उद्धार गरिएको छ।

त्यसैगरी अर्की एक बंगलादेशी महिलालाई भने रोशनी राईले केटीसी ब्युटी पार्लर स्पाको नामका दर्ता गरी मसाज सेन्टरमा बन्धक बनाइ राखेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चार बंगलादेशी र दुई नेपाली गरी ६ जनालाई थप कारबाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१४ घण्टा अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक