काठमाडौं। काठमाडौं महानगरपालिका १७ ढल्कुस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा शनिबार दिउँसो प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यता तनहुँको आबुखैरेनी गाउँपालिका ३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगालेसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।