काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी एमालले आवेगमा संसद् अवरुद्ध गरेको टिप्पणी गरेका छन्।
शुक्रबार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उनले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद सुचारु हुने बताए।
उनले संसद्मा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताए। उनले प्रतिपक्षले उठाएको गम्भीर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको उल्लेख गरे।
उनले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्न छाडेर डिफेन्समात्रै गरेर जाने कुरा वस्तुगत नभएको बताए। उनले नेपाली समाजमा हित र अहितलाई बुझ्ने विवेक भ एपनि विवेकलाई भन्दा आवेगलाई बढी प्राथमिकता दिने गरेको बताए।