भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी गठबन्धनले लोकसभामा ल्याएको अविश्वास प्रस्ताव फेल भएको छ। सभामुख ओम बिरलाले बिहीबार साँझ प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव फेल भएको घोषणा गरे।
यसअघि अविश्वासको प्रस्तावमाथि तीन दिनसम्म सत्ता पक्ष र विपक्षी सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए।
बिहीबार लोकसभामा प्रधानमन्त्री मोदीले जवाफ दिएपछि सभामुखले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। ध्वनी मतका आधारमा प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
प्रधानमन्त्री मोदीले जवाफ दिइरहँदा विपक्षी सांसदहरु सदन बहिष्कार गर्दै बाहिरिएका थिए। मणिपुरमा भइरहेको हिंसाको मुद्दा उठाउँदै विपक्षीले प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।