काठमाडौं–बैतडीमा छाउगोठमा बसेकी एक किशोरीको सर्पको टोकाइबाट ज्यान गएको छ। पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको मृत्यु भएको एक स्थानीयले देश सञ्चारलाई जानकारी दिए।
महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार मध्यराति सर्पले टोकेको थियो। उनको बुधबार बिहान मृत्यु भएको हो।
अनिता स्थानीय एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्। यद्यपि प्रहरीले भने अनिताको छाउगोठमै बसेको बेला सर्पले टोकेको हो वा होइन पत्ता लागिनसकेको बनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी प्रेम बहादुर शाहीले घटना अनुसन्धानकै क्रममा रहेको देश सञ्चारलाई जानकारी दिए।