काठमाडौं । नेपाली बजारमा बेन्कोको भी ९१ मोडेल सार्वजनिक भएको छ । बजेट फोनमा राम्रो स्टोरेज र र्याम खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले बुधबार यो मोडेल सार्वजनिक गरेको हो ।
यो फोनमा ६.५६ इन्च एचडी प्लस वाटर ड्रप डिस्प्ले छ । ९०.१४ प्रतिशत स्क्रिन टु बडी रेसियो भएको यो फोनको एस्पेक्ट रेसियो २०ः९ रहेको छ ।
क्यामेराको सन्दर्भमा यस फोनमा तीन ओटा ब्याक क्यामेरा छन्, जसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र एउटा एआई क्यामेरा दिइएको छ । यसले १०८० पिक्सेल ३० एफपीएसमा भिडिओ खिच्ने कम्पनीले जनाएको छ । सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
५००० एमएएएच क्षमताको ब्याट्री भएको फोनका लागि १८ वाट चार्जर उपलब्ध गराइनेछ ।
यो फोन दुई ओटा भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे फाेनमा थप ४ जीबी र्याम बढाउन सकिन्छ । कम्पनीले यो भेरियन्टको मूल्य १३ हजार ५९९ रुपैयाँ तोकेको छ ।
त्यस्तै ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध बेन्को भी ९१ मा थप ८ जीबी र्याम बढाउन सकिन्छ । यसको मूल्य १५ हजार ३९९ रुपैयाँ तोकिएको छ ।
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक