काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
सीआईबीले गोल्फुटारस्थित निवासबाटै उन्लाई पक्राउ गरेको हो ।
मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । शर्मा हिजो राती दुबईबाट काठमाण्डौ ओर्लिएका थिए । उनी एकसाता अघि दुबई गएका थिए ।
प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।