काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी विशेष तीन महिने अभियानबाट माओवादी पुनः जाग्ने जिकिर गरेका छन् ।
प्रवक्ताको जिम्मेवारी पाएपछि पहिलोपटक प्रेस सेन्टर नेपालले काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् । साथै उनले आफू सभामुखको भूमिकामा रहँदा राष्ट्रियताको पक्षमा अडान लिँदा देश विदेशबाट दबाब झेल्नु परेको दाबी गरे ।
‘म सभामुखको भूमिकामा रहँदा राष्ट्रियताको पक्षमा अडान लिँदा देश र विदेशबाट दबाब झेल्नु पर्यो’, उनले भने, ‘जनतासँग तीन महिने अभियानले फेरि माओवादी जाग्नेछ ।
देश र जनताको पक्षमा उभिनेछ ।’ उनले अबदेखि हरेक हप्ता पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट गर्ने बताए ।
आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरी उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।