काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न केहीबेर अघि बालुवाटार पुगेका छन्।
उनीहरूबीच मंगलबार गृहमन्त्रालयले गौरहत्याकाण्डका पीडितसँग गरेको सम्झौता, सुन छानबिन र संसद खुलाउने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री दाहाल र ओलीबीच भेटअघि कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका थिए।