काठमाडौं– सोमबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने धेरै नदीमा जलसतह बढेको छ। उपत्यकाका बागमती नदीसहित हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती लगायत नदीमा बाढी आएको छ। ु
जलसतह बढेका कारण नदी किनारका सडक (करिडोर)को आवागमन समेत प्रभावित भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वर्षा कारण उपत्यकाका अधिकांश करिडोर (नदी किनारका सडक)मा यातायातका साधनको आवागमन प्रभावित भएको छ। nimb मुख्य तथा भित्री सडकका पुल मुनी पानी जमेका कारण आवागमन प्रभावित भएको हो। ललितपुरको कुपनडोल पुल मुनि, बल्खु पुल मुनि, सानेपा कालो पुल, कुलेश्वर-सानेपा, टंकेश्वर-परोपकार, ढल्कु पुलमा पानी जमेको छ।
यस्तै, काठमाडौंको भत्केको पुल, रातो पुल, सेतो पुल, कालो पुल, गुहेश्वरी-गौरीघाट करिडोर, कपन, दक्षीणढोका ढलानेपुल, युएन पुल र खहरे खोला करिडोर लगायतका स्थानहरुमा पानिको बहाब बढेकोले ट्राफिक व्यवस्थापनमा अबरोध भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।