काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले मानवजाति विकासको ऐतिहासिक अवस्थाको अध्ययनविना कोहिकसैले मनगढन्त विचार व्यक्त नगर्नु राम्रो हुने बिचार ब्यक्त गर्नु भएको छ । हालै एकजना अधिवक्ताले अनावश्यक र काल्पनिक रुपमा ब्यक्त गरेको शब्दले सृजना गरेको द्वन्दलाई पनि अनावश्यक भनी प्रतिकृया जनाउँदै गौतमले भन्नु भएको छ – `अहिले नेपालमा कुनै पनि समुदाय भित्र एउटै वावु आमाको कोखवाट जन्मेका छोरी छोरा वीच बिहेवारी चल्दैन।यस्तो व्यवहार गैरकानुनी छ र अवैज्ञानिक पनि हुन्छ।´ गौतमले एक प्रेस बिज्ञप्ति जारी गर्दै अगाडि भन्नु भएको छ -`केही समुदायको हवाला दिदै विवाह सम्वन्धमा दिएको अभिव्यक्ति गलत छ। वहाँले माफी माग्नु पर्छ। यही विषयलाई लिएर आन्दोलन नै गरिहाल्नु पनि हुदैन´ ।
प्रेस बिज्ञप्ति यसप्रकार छ :-
मानवजाति विकासको ऐतिहासिक अवस्थाको अध्ययनविना कोहिकसैले मनगढन्त विचार व्यक्त नगर्नु राम्रो।
अहिले नेपालमा कुनै पनि समुदाय भित्र एउटै वावु आमाको कोखवाट जन्मेका छोरी छोरा वीच बिहेवारी चल्दैन।यस्तो व्यवहार गैरकानुनी छ र अवैज्ञानिक पनि हुन्छ।
केही समुदायको हवाला दिदै एकजनाबाट विवाह सम्वन्धमा आएको अभिव्यक्ति गलत छ। वहाँले माफी माग्नु पर्छ। यही विषयलाई लिएर आन्दोलन नै गरिहाल्नु पनि हुदैन।
वामदेव गौतम
अध्यक्ष
नेकपा एकता राष्ट्रिय अभियान
२३ साउन २०८०