आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका विद्यालय बन्द

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका विद्यालय बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न नेपालगञ्जका निजी र सामुदायिक सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले बालबालिकामा आँखा पाक्ने सङ्क्रमण वृद्धि हुँदै गएकोले विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले बुधवारदेखि शुक्रबारसम्म बिदा दिने र शनिबार बिदा नै परेकोले चार दिन विद्यालय बन्द गर्ने निर्णय मङ्गलबार गरिएको जनाउनुभयो ।

‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बालबालिकामा फैलिन थालेपछि नगरका विभिन्न स्थानबाट अभिभावक र आम नागरिकले विद्यालय बन्द गर्न आग्रह गरेको पनि उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ । सोही प्रकारले एनिडो भाइरसको सङ्क्रमणका कारण बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकोले खजुरा गाउँपालिकाको शिक्षा शाखाले पनि बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पालिकाका सबै विद्यालयका विद्यार्थीमा आँखा पाक्ने सङ्क्रमण देखिएकोले शिक्षा शाखाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो । कोहलपुर नगरपालिकामा पनि सो सङ्क्रमणका कारण बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको पाइएको छ । कोहलपुर नगरपालिकाले पनि विद्यालय बन्द गर्ने बारेमा छलफल भइरहेको जनाएको छ ।

बाँकेमा ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बाट बालबालिका बढी प्रभावित भएको चिकित्सकहरूले जनाएका छन् । नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालका नेत्र चिकित्सक डा. मुबिन सिद्धिकीले अस्पतालमा उपचारका लागि आउनेहरूमा बालबालिका अत्यधिक रहेको जनानुभयो । उहाँले अस्पतालमा दैनिक २०० जति बालबालिका उपचारका लागि पुगिरहेको जनाउँदै यो सङ्क्रमण तीव्र गतिमा फैलिरहेको जनाउनुभयो ।

आँखा पाक्ने सङ्क्रमणका कारण जिल्लाका अधिकांश सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी र शिक्षकलाई नै आँखामा समस्या आएपछि पठनपाठन प्रभावित भएको छ ।नेपालगञ्ज, कोहलपुर र खजुरास्थित विभिन्न स्वास्थ्य केन्द्रमा आँखा पाक्ने रोगका बिरामी आउने क्रम बढ्दै गएको जानकारी आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यो पनि पढ्नुहोस्

आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

४ दिन अगाडि
ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक