तौलिहवा । कपिलबस्तुमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेका अनुसार मृत्यु हुनेमा मायादेवी गाँउपालिका-३ खैराटीका सुनिल बरईको दुई बर्षीय छोरा सुर्य बरईको रहेका छन् ।
बालकलाई आफ्नै घरको आँगनमा खेल्ने क्रममा नाम नखुलेको बिषालु सर्पले टोकेको उहाँले जनाउनुभयो । सुर्यलाई उपचारको लागि सर्पदशं अस्पताल गोरुसिङ्गे कपिलवस्तुमा लगेकोमा उपचार हुन नसकि कपिलबस्तु अस्पताल तौलिहवामा ल्याउने क्रममा मृत्यु भएको उहाँले जनाउनुभयो ।