पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ।
कराँचीदेखि एबटाबाद जाँदै गरेको हजारा एक्सप्रेस रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको पाकिस्तान प्रहरीलाई उदृत गर्दै बिबीसीले जनाएको छ। दुर्घटनामा कम्तिमा १०० जना घाइते भएको बताइएको छ।
कराँचीबाट करिब २७५ किलोमिटर टाढा सहारा रल्वे स्टेशननजिकै रेल दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ।
पाकिस्तानका रेल मन्त्री साद रफिकले प्रारम्भिक अनुसन्धानले रेल सामान्य गतिमा गुडिरहेको देखाएको र के कारणले दुर्घटना भएको हो भन्ने कुरा पत्ता लगाउन प्रयास भइरहेको बताएका छन्।
रेलका कम्तिमा ८ वटा डिब्बा ट्र्याकबाट खसेको बताइएको छ।