आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

माओवादी धारालाई अब समाजवादी धारामा रुपान्तरण गरौं : उपमहासचिव शर्मा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
‍प्रचण्डलाई जनार्दनको प्रश्नः मैले तपाईंलाई कहिले असहयोग गरेँ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीले अब माओवादी धारालाई विस्तारै समाजवादी धारामा रुपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
‘माओवादी धारालाई अब विस्तारै समाजवादी धारामा रुपान्तरण गरी सोहीअनुसार हाम्रो सैद्धान्तिक मार्गनिर्देशन तयार गर्नुपर्छ,’ जारी केन्द्रीय समितिको बैठकमा शनिबार बोल्दै उपमहासचिव शर्माले भनेका छन् ।

उनले युद्ध, शान्ति, संविधान निर्माण र कार्यान्वयनका विषयमा भएका उपलब्धिहरुको समीक्षा गर्दै पुष्पलालदेखि पुष्पकमलसम्मका उपलब्धिको संश्लेषण जरुरी रहेको बताए । उनले समाजवादको आधार तय गर्न पार्टीले तत्काल विभिन्न चार विषयमा अभियान र छलफल थाल्नुपर्ने बताए ।

‘वामपन्थी तथा प्रगतिशील जनमतलाई केन्द्रित गरी उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्छ । भौगोलिक र पर्यावरणीय विविधता, जातीय विविधता, सांस्कृतिक विविधता, अपार प्राकृतिक साधन श्रोत, युवा बहुल जनसंख्या, श्रमयोग्य शक्तिको प्रचुरतालाई आधार बनाइ आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना, आत्मनिर्भरताको लागि पहल गर्नुपर्छ,’ समाजवादको आधार तय गर्नेबारे उपमहासचिव शर्माले भनेका छन्, ‘सरकार, सदनबाट सुशासन र सामाजिक न्याय लक्षित कार्यक्रममार्फत जनजीवीकासँग सम्बन्धित समस्या समाधान गर्नुपर्छ र समाजमा विद्यमान विभिन्न विभेद र शोषणका विरुद्ध आम जनताको चेतना वृद्धि सहितको प्रतिरोधका रुपमा सामाजिक सांस्कृतिक रुपान्तरण अभियान सन्चालन गर्नुपर्छ ।’

उपमहासचिव शर्माले पार्टीलाई विधिसम्मत् चलाउनुपर्ने र पार्टीमा नेतृत्व चयनकालागि मनोनयनका सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टिभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वको लागि सम्बन्धित क्लष्टरमा निर्वाचन गर्नुपर्छ,’ उनले भने ।

उनले पार्टीमा अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एक तिहाईले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्ने बताएका छन् । ‘पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरा सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई अविश्वास र आशंकाले होइन विश्वासका आधारमा व्यवहार गर्ने पद्दतिको विकास गर्नुपर्छ,’ उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

चार पक्षीय छलफल एकै साथ हुने

चार पक्षीय छलफल एकै साथ हुने

५७ मिनेट अगाडि
नेकपाको पूर्वपदाधिकारीको अनौपचारिक बैठक जारी

नेकपाको पूर्वपदाधिकारीको अनौपचारिक बैठक जारी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक