काठमाडाैँ – महिला विश्वकप फुटबल अन्तर्गत शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा एसियाली टोली जापानले युरोपियन जायन्ट नर्वेलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ।
वेलिङ्गटनमा भएको खेलमा जापानले सुरुवातबाटै नर्वे विरुद्ध दबाब बनाएको थियो। २०११ को विश्च च्याम्पियन जापानले १५ औं मिनेटमा आत्माघाती गोलमार्फत अग्रता बनायो। नर्वेकी डिफेन्डर इनग्रिड एनग्रेनले हिनता मियाजावाको क्रसलाई क्लियर गर्ने प्रयासमा आफ्नो पोस्टमा गोल गर्न पुग्दा जापानले अग्रता लिएको थियो। तर नर्वेले ५ मिनेट पछिनै खेल बराबरीमा ल्यायो २० औं मिनेटमा नर्वेका लागि गुरो रिटेनले हेड गर्दै टिमलाई बराबरीमा ल्याइन्।
पहिलो हाफ १(१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा जापानले थप दुई गोल गर्दै सहज जित निकाल्यो। ५० औं मिनेटमा रिसा सिमिजुसले जापानलाई अग्रता दिलाइन। ८१ औं मिनेटमा मियाजावाले टिमका लागि तेस्रो गोल गर्दा जापानले खेल सहज रुपमा आफ्नो पक्षमा पारेको थियोश्र गोलसँगै मियाजावा गोल्डेनबुटको दौडमा सर्वाधिक अघि रहन् सफल भइन्। उनले जारी विश्वकपमा आफ्नो गोल संख्या ५ पुर्याउँदै सर्वाधिक अघि रहेकी छिन्।
अब जापानले सेमिफाइनल प्रवेश भिडन्तमा डिफेन्डीङ च्याम्पियन अमेरिका र स्विडेन मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्ने छ। स्विडेन र अमेरिकाबीच आइतबार दिउँसो मेलवर्नमा प्रतिस्पर्धा हुँदै छ।