काठमाडौं । तारकेश्वर नगरपालिका-४ सानोपुल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएकी ३० वर्षीया सन्तोषी अधिकारी, मोरङ उर्लाबारी नगरपालिका- २ घर भएकी ४८ वर्षीय उषा नेपाल र रसुवा नौकुण्ड नगरपालिका-५ घर भएका ३२ वर्षीय देवराज ढुङ्गेल समेतको कोठाबाट कोही नभएको अवस्तामा सुन तथा चाँदीका विभिन्न गहना तथा नगद समेत गरी करिब ५ लाख ९१ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।