एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबलमा इन्डोनेशियालाई पराजित गरेको छ ।
एसिया भ्रमणमा रहेको अर्जेन्टिनाले चीन पछि इन्डोनेसिया भ्रमण गरेको हो । चीनमा अष्ट्रेलियासँग खेलेको अर्जेन्टिनाले इन्डोनेशियाविरुद्धविरुद्ध पनि २-० को जित दर्ता गर्न सफल भयो ।
गएराति भएको खेलमा लियोनार्दो पेड्रेसले गोल गर्दै ३८ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । पहिलो हाफमा १ गेल गरको अर्जेन्टिनाले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।
५५ औं मिनेटमा क्रिष्टियन रोमेरोले गोल गरेपछि अर्जेन्टिना २-० ले अघि बढेको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै जित निकाल्न सफल भयो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका अन्य खेलमा चाइनिज ताइपेईले फिलिपिन्सलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । यस्तै म्यानमारले मकाउलाई २-० गोल अन्तरले पराजित गर्दा जोर्डनले जमैकालाई २-१ गोलले स्तब्ध बनायो । न्यूजिल्याण्डले कतारमाथि १-० को जित निकाल्दा थाइल्याण्डले हङकङलाई २-० ले स्तब्ध बनायो ।