मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचारलाई जरैदेखि उखेल्ने प्रचण्डको एक सूत्रीय प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
भ्रष्टाचारलाई जरैदेखि उखेल्ने प्रचण्डको एक सूत्रीय प्रतिबद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिवेला देशको बागडोर सम्हालेका छन् । उनले आफ्नो यो कार्यकाल अभूतपूर्व हुने बताउँदै आएका छन् । सुशासन कायम गर्ने, समृद्धि हाँसिल गर्ने र भ्रष्टाचारलाई जरैदेखि उखेल्ने प्रचण्डको एक सूत्रीय प्रतिबद्धता छ ।

प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा नै यसपटक जनतालाई भरोसा दिलाउनेगरि काम गर्ने वचनबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री दाहालले भ्रष्टाचारका ठूला ठूला फाइल खोल्नेदेखि भ्रष्टाचारमा संलग्नलाई कारबाही अघि बढाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्डदेखि सुन तस्करी प्रकरणसम्म आइपुग्दा सरकारका कामकारबाहीले वाहवाही पाएको छ ।

नागरिक समाजका अगुवाहरुले समेत सरकारको खुलेर प्रशंसा गर्न थालेका छन् । प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई निर्भिक भएर काम गर्न निर्देशन दिएका छन् । कसैको दबाब र प्रभावमा नपरी काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्री दाहालको निर्देशन रहँदै आएको छ । सुरक्षा निकायका प्रमुखहरुले पनि सरकारले आफूहरुलाई कुनै हस्तक्षेप नगरेको भन्ने सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री दाहाल खुला राजनीतिमा आएदेखि नै राजनीतिको केन्द्रविन्दुमा छन् । निर्वाचनमा सबैलाई सहभागी गराउनेदेखि सरकार गठनसम्म उनको निर्णायक भूमिका रहँदै आएको छ । मुलुकमा राजनीतिक रूपमा कुनै समस्या वा संकट पैदा भए उनी निकास दिनको लागि कुनै न कुनै उपायको खोजी गरिरहन्छन् । कतिपयले दाहाललाई अस्थिरको पनि संज्ञा दिने गरेका छन् । तर, दाहाल स्वयम भने आफू अस्थिरभन्दा पनि मुलुकलाई बन्धक बनाउन नहुने शर्तमा खेलेको भूमिकाको कारण गतिशिल भन्न रुचाउँछन् ।

पछिल्लो समय २०७९ पुष १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले थुप्रै राजनीतिक आरोह–अवरोह व्यहोरे । पुष १० गते १२ बजेसम्म कांग्रेस नेतृत्वकै गठबन्धनबाट प्रधानमन्त्री बन्न प्रयासरत दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाको साथ नपाएपछि एमालेको समर्थन लिएका हुन् । उनी त्यही दिन दिउँसो १ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर प्रधानमन्त्रीको लागि दाबी गर्न शितलनिवास पुगेका थिए । त्यतिवेला उनलाई एमालेसहित ७ दलको र स्वतन्त्र सांसदहरुको समर्थन थियो । पछि राष्ट्रपतिको निर्वाचनसम्म आईपुग्दा भने उनले एमालेसहितको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरे । प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रधानमन्त्रीजस्ता महत्वपूर्ण पदहरु ठूला दलहरुबीच बाँडफाँट गरेर जाँदा शक्ति सन्तुलन हुने बताउँदै एमालेसँगको गठबन्धनमा रहँदा पनि कांग्रेसलाई राष्ट्रपति दिउँ भन्ने प्रस्ताव गरेका थिए । तर, एमालेले पुष १० गतेको सहमतिबाट ब्याक नहुने अडान लियो । र, अन्ततः राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा एमाले–माओवादी गठबन्धन तोडियो ।

प्रचण्ड पहिलोपटक भने २०६५ भदौ २ गते प्रधानमन्त्री बनेका थिए । उनको पहिलो कार्यकाल २०६६ जेठ ११ गतेसम्म रहेको थियो । दोस्रो पटक भने उनी २०७३ साउन २० गते प्रधानमन्त्री भएका थिए । उनको दोस्रोपटकको प्रधानमन्त्रीको कार्यकाल २०७४ जेठ १७ गतेसम्म थियो । प्रधानमन्त्री दाहालले आफ्नो पहिलो र दोस्रो कार्यकालमा आमूल परिवर्तन हुने काम नभएकोले यसपटक भने केही गरेर देखाउने हुटहुटीका साथ आफू मुलुकको नेतृत्व सम्हाल्न आएको दाबी गरेका छन् । यद्धपी उनले यसअघिका कार्यकालमा पनि आफ्नो सरकार भ्रष्टाचारका कुनैपनि काण्डमा नमुछिएको उनको भनाई छ ।

कतिपयले भने जनमत नहुँदानहुँदै पनि प्रचण्डले सरकारको नेतृत्व गर्नु गलत भएको भनेर आलोचना गर्ने गरेका छन् । तर, प्रचण्डले भने त्यसो भन्नेहरुलाई कडा जवाफ फर्काउने गरेका छन् । उनले भनेका छन्–‘इतिहासको तागतको बलमा हामी सरकारमा छौं, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरु विक्षिप्त छन, हैरान छन् । तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौं ।’

प्रधानमन्त्री प्रचण्डले बेथितिको दुश्चक्र भत्काएरै छाड्ने उद्घोष गरेका छन् । बेथितिको दुश्चक्र नभत्काएसम्म देश र लोकतन्त्र अघि बढ्न नसक्ने उनको निश्कर्ष छ । उनले संकल्प गरेका छन्–‘कुनैपनि मूल्यमा विकृतिको यो डंगुर भत्काइछाडिनेछ । लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामथ्र्य छ । र, यो सरकार त्यो दिशामा क्रियाशिल छ ।’ प्रचण्ड सरकारले छोटो अवधिमा नै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको निजी क्षेत्रलाई पनि विश्वासमा लिएर काम गरेको छ । अहिले निजी क्षेत्रका अगुवा संस्थाका नेतृत्वहरुले प्रधानमन्त्री दाहालको मुलुक विकासप्रतिको गम्भीरतालाई लिएर प्रशंसा गर्ने गरेका छन् । प्रधानमन्त्री दाहालमा समन्वयकारी क्षमता छ । उनी सबैलाई साथमा लिएर जान रुचाउँछन् ।

सरकारले गरेका कतिपय कामको पार्टी पँक्तिबाट भने यथोचित प्रचार नभएको र जनतासमक्ष नपुगेको प्रधानमन्त्री दाहालको गुनासो छ । अन्य दलका नेताहरुले बरु सरकारका कामको प्रशंसा गरेको अवस्थामा आफ्नै दलका नेताहरुले भने प्रचारप्रसार नगरेको उनको गुनासो थियो । उनले यही सन्दर्भमा एक कार्यक्रममा भनेका थिए–‘रैथाने माओवादी भनिएकाहरुबाट पनि मलाई यथोचित सहयोग भएन । सरकारका राम्रा कामको प्रचार भएन ।’

प्रधानमन्त्री दाहालले खुला राजनीतिमा आएपछि लगातार तीन वटा पारिवारिक वियोग भोग्नुपर्यो । पहिले उनले छोरी ज्ञानु दाहाललाई गुमाए । त्यसलगत्तै उनले छोरा प्रकाश गुमाए । हालै उनले श्रीमती सीतालाई गुमाएका छन् । पत्नी वियोगमा रहेका दाहालले आफूलाई कत्तिपनि विचलित नबनाईकन देश र जनताको लागि आफ्नो जिम्मेवारी र भूमिकामा खरो उतारेका छन् । उनको सचिवालयमा बसेर छोरी गंगा दाहालले साथ दिएकी छिन् ।

तर, सचिवालयमा बसेकै कारण मिडियामा भने नकारात्मक र पूर्वाग्रही ढंगले उनको नाम मुछेर समाचार आएका छन् । भाइ प्रकाश दाहाल जिवित रहँदासम्म गंगा सार्वजनिक जीवनमा थिईनन् । प्रचण्डका सबै सन्तान जनयुद्धमा प्रत्यक्ष सहभागी भएका थिए । त्यही भएर उनीहरुले राम्रो शिक्षा–दिक्षा पाएनन् । तर, पार्टीको नीति, कार्यक्रम र लक्ष्य पूरा गर्नको लागि भने उनीहरुले आ–आफ्नो ठाउँबाट ठूलो योगदान पुर्याउँदै आएका छन् ।

जनयुद्धकालिन अवस्था होस वा शान्तिपूर्ण राजनीतिमा आएपछिको अवस्था होस, अन्य माओवादी नेताका छोराछोरीहरु विदेशमा अध्ययनमा व्यस्त हुँदा प्रचण्डका सन्तान भने पार्टीको होलटाईमर थिए । अहिलेपनि माओवादीका नेतृत्वमा दाबी गर्ने नेताका सन्तान कहाँ पढेका छन् ? र को कहाँ पढेर फर्किए ? भनेर तथ्यांक खोतल्ने हो भने अमेरिकाका प्रसिद्ध र महँगा कलेजलमा पढेर फर्किएका भेटिन्छ ।

अहिले गंगा प्रधानमन्त्रीसमेत रहेका बुवा प्रचण्डको सचिवालयमा बसेकै कारण उनको आलोचना गर्नु गलत भएको पार्टीका अधिकांश नेताहरुको भनाई छ । गंगा दाहालको छवि स्वच्छ र निश्पक्ष छ । उनको छविमा अहिलेसम्म कुनै दाग लागेको छैन् । बरु, प्रधानमन्त्री दाहालसँग गलत मनशाय राखेर भेट्न खोज्ने दलाली, विचौलियाहरुको भने उनले बालुवाटारको ढोका बन्द गराएकी िछन् । गंगाले बुवा प्रचण्डलाई सफल बनाउनको लागि छोरीमात्रै नभएर पार्टीको जिम्मेवार कार्यकर्ताको नाताले सकेको सहयोग र योगदान पुर्याएकी छिन् ।

माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका अध्यक्ष सुवोध शेर्पालीले गंगा दाहालले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेर प्रधानमन्त्रीलाई सफल बनाउन अहोरात्र मेहनत गरेको दाबी गरेका छन् । अहिलेसम्म बालुवाटारमा पुगेका इमानदार नेता तथा कार्यकर्ता, अरु पार्टीका नेताहरु कोही पनि प्रधानमन्त्रीलाई नभेटी फर्कनु परेको छैन् । गंगाले अत्यन्तै समन्वयकारी भूमिका निर्वाह गर्दै आएकी छिन् । उनी लो–प्रोफाईलमा बसेर काम गर्न रुचाउने व्यक्ति हुन् । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री दाहालको भूमिकाको प्रशंसा गरेको र सरकारका कामलाई साथ दिनुपर्ने धारणा राखेका छन् ।

तर, बाहिर भने केही नेताले नेतृत्वको आलोचना गरेको र सचिवालयबाट आफन्त हटाउनुपर्ने भनेर आवाज उठाएको कुरा ल्याईएकोमा माओवादीकै अधिकांश नेताहरुको गुनासो छ । भाइको निधन भएपछि आमाको स्वास्थ्यको पनि गंगाले नै ख्याल गर्दै आएकी थिईन् । हरेक हिसाबले गंगाले बुवा प्रचण्डलाई साथ र सहयोग गर्दै आएकी छिन् ।

उनको त्याग र योगदानको भने प्रचण्डको छोरी भएकै कारण अवमूल्यन गर्न खोजिएको र आलोचित बनाउन खोजिएकोमा माओवादीका अधिकांश प्रभावशाली नेताहरु रुष्ट छन् । उनीहरुले गंगाको आलोचना गर्नेलाई गंगाको जस्तो भूमिका र जिम्मेवारी निर्वाह गरेर देखाउन चूनौति दिएका छन् । गंगासँग अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई सफल बनाउनुबाहेक अर्को कुनै स्वार्थ नभएको नेताहरुको भनाई छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक