काठमाडौं सिंहदरबार स्थित मन्त्रालयमा आज नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवसंग भेटवार्ता गर्दै कृषि मन्त्री भुसालले यस्तो चासो व्यक्त गरेका हुन् । जवाफमा भारतीय राजदुत श्रीवास्तवले चामल विदेश निर्यातमा रोक लगाएको निर्णय भारतले गरे पनि सो निर्णय नेपालको हकमा लागु नहुने जानकारी गराएका छन् ।
‘विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागु हुदैन् । यस अघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको भए पनि नेपाललाई असर नगरेको र गत बर्ष पनि ३ लाख ५० हजार मेट्रिकटन गहुँ उपलब्ध गराएको थियो । अहिले पनि भारतले नेपाललाई आवश्यक चामल उपलब्ध गराउँन तयार रहेको छ’ भारतीय राजदुत श्रीवास्तवले कृषि मन्त्री भुसालसंगको भेटवार्तामा भने ।
भारतले विदेशमा चामल निर्यातमा रोक लगाउँने निर्णय सार्वजनिक भएपछि नेपालमा चामलको भाउ बढेको बताउँदै मन्त्री भुसालले यसलाई सहज बनाउँन पहल गरिदिन राजदुत श्रीवास्तवसंग छलफल गरेका छन् ।
यस्तै हालै भारत भ्रमणमा गएका मन्त्री भुसालले सो क्रममा भएको सहमती कार्यान्वयनको ’boutमा समेत छलफल गरेका छन् । भ्रमणका क्रममा भारतले नेपालको सिमावर्ती क्षेत्रमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउँने सहमती भएको थियो । भारतीय राजदुत श्रीवास्तवले नेपाल र भारतका कृषि मन्त्रीका बीचमा भएको सहमतीहरु कार्यान्वयन हुने जवाफ दिएका छन् ।
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक