काठमाडाैं । तामाङ र मगर लगायत समस्त आदिवासी जनजाति समुदायविरूद्ध विवादास्पद अभिव्यक्ति दिने कानुन व्यवसायी भगवती पाण्डे (शितल) लाई पक्राउ गरी कानुन बमोजिम कार्वाही गराउने माग राख्दै मिति २०८० साउन १७ गतेको दिन गरेको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं घेराउ कार्यक्रममा प्रहरीले अनावश्यक निर्मम बल प्रयोग गरी शान्तीपूर्ण प्रदर्शनकारीहरूलाई सख्त घाइते बनाएको र तीन दर्जन बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरी प्रहरी हिरासतमै चरम यातना दिएकोमा प्रहरी प्रशासनको घोर भर्त्सना गर्दछौं ।
प्रहरीले प्रहरी हिरासतमै नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् यस नेपाल समाजवादी तामांग संघका महासचिव दिलमाया ९नेरुता० तामांग, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल समाजवादी युवा संघका महासचिव मञ्जु मिक्चन तामांग, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा नेपाल समाजवादी महिला संघका केन्द्रीय महासचिव मन्जु थापालगायत २८ जना प्रदर्शनकारीहरूलाई निर्मम यातना दिइ सख्त घाइते बनाइएको छ। प्रहरी चरम दमनको घोर भत्सर्ना गर्दै सम्पूर्ण घाइतेहरूको उपचार राज्यबाटै गर्न गृह मन्त्रीको राजीनामा र दोषी प्रहरीहरूलाई कारवाही गर्न माग गर्दछौं ।
घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछौ ।