महिला विश्वकप फुटबलमा जारी संस्करण अप्रत्यासित नतिजा आउने क्रममा जारी छ। समूहचरणबाटै अर्को उपाधि दाबेदार जर्मनी बाहिरिएको छ। दुई पटक (२००३,२००७)को विश्व विजेता जर्मनीलाई नकआउट चरणमा पुग्न मोरक्कोको कोलम्बिया विरुद्धको गोलसँगै आफ्नो खेल जित्नै पर्ने दबाब थियो। तर दक्षिण कोरियासँग १-१ गोलको बराबरीमा रोकिएपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो।
जर्मनी इतिहासमै पहिलो पटक समूहचरणबाटै बाहिरिएको हो। जर्मनीले बिहीबार दक्षिण कोरियालाई पराजित गरेको भए गोल डिफ्रेन्समा अघि रहँदै नकआउट पुग्ने थियो। तर बराबरीले १ अङ्कमात्र पाउँदा ४ अङ्ककासाथ तेस्रो स्थानमा सिमित भयो। बिहीबारनै भएको खेलमा मोरक्कोले कोलम्बियालाई १-० ले पराजित गर्दै सनसनिपूर्ण रुपमा नकआउटमा स्थान बनायो।
ब्रिसबेनमा २०२२ को युरो फाइनलिस्ट जर्मनी विरुद्ध दक्षिण कोरियाले अग्रता लियो। छैटौं मिनेटमानै छो सो-ह्यानले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। दक्षिण कोरियाको यो महिला विश्वकप इतिहासमै पहिलो गोल समेत हो। तर दक्षिण कोरियाको अग्रतालाई कप्तान अलेक्जेन्टर पोपले लामो समय टिक्न दिइनन्। ४२ औ मिनेटमा तेस्रो खेलमा चौंथो गोल गर्दै उनले खेल बराबरीमा ल्याइन्।
जतिबेला जर्मनी दोस्रो नम्बरमा थियो। तर जब मोरक्कोले पहिलो हाफकै इन्जुरी समयमा कोलम्बिया विरुद्व गोल गर्यो। त्यसपछि जर्मनीमाथि जित्नै पर्ने दबाब आएको थियो। तर जर्मनी दक्षिण कोरिया विरुद्ध थप गोल गर्न असफल भएसँगै प्रतियोगिताबाट बाहिरियो।
समूहचरणमा जर्मनीले पहिलो खेलमा मोरक्कोलाई ६-० ले पराजित गर्दै प्रभावसालि सुरुवात गरेको थियो। तर दोस्रो खेलमा कोलम्बियासँग २-१ ले पराजित भएको जर्मनी अन्तिम खेलमा कोरियासँग बराबरीमा रोकिंदै ४ अङ्कमा सिमत भयो। मोरक्कोले दक्षिण कोरिया र कोलम्बियालाई पराजित गर्दै ६ अङ्कका साथ उपविजेता बन्दै नकआउटमा प्रवेश गर्यो। कोलम्बियाले जर्मनी र दक्षिण कोरियालाई हराएर समान ६ अङ्क भएपनि गोल अन्तरमा अघि रहँदै विजेता बन्यो।