सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

न्यायपालिकालाई सरकार नियन्त्रित बनाउने खेल बन्द गरौं !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण
सरकारले सर्वोच्च अदालतसहित देशभरका न्यायालयमा रिक्त पदमा न्यायाधीश नियुक्ति गर्न ढिलाइ गर्दा न्यायिक क्षेत्रमा असर परेको छ । हाल सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा ४२ न्यायाधीशको पद रिक्त छ । न्यायाधीश मात्र नभई प्रधानन्यायाधीशको पद पनि रिक्त हुँदै छ । लामो समय लगाएर सरकारले हालै प्रधानन्यायाधीश नियुक्त गरेको थियो । करिब ९ महिनासम्म कायममुकायमको जिम्मेवारी पाएका हरिकृष्ण कार्कीलाई अवकाशको मुखमा आएपछि प्रधान्यायाधीशमा नियुक्त गरिएको थियो । कार्की आगामी साउन २० मा अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि फेरि कायममुकायमको भरमा सर्वोच्च लामो समयसम्म चल्ने हो कि भन्ने आशंका फेरि देखिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नामको टुंगो संवैधानिक परिषदले लगाउने प्रचलन छ । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता र कानुनमन्त्रीको उपस्थितिमा परिषदले प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्छ । त्यसपछि संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले प्रधानन्याधीश नियुक्त गर्दछन् । तर, प्रधानन्यायाधीशका लागि सिफारिस गर्न हालै बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन टुंगिएको छ ।
प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भन्ने बारेमा बैठक अजेण्डा भए पनि प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने विषयमा छलफल नै हुन सकेन । पछिल्ला वर्षहरुमा सरकार तथा राजनीतिक दलको हस्तक्षेपका कारण सर्वोच्च अदालतसहित समग्र न्यायिक क्षेत्र नै बेथितिको शिकार बनेको छ । न्यायालयमा न्यायाधीश नियुक्तिका लागि कार्यक्षमता होइन, राजनीतिक भागबण्डा मुख्य आधार बनेका छन् । सरकारले पनि न्यायाधीश नियुक्तिमा आफ्नो चासो र प्यानलका व्यक्तिलाई रोज्दा न्यायालय सरकार नियन्त्रित बनको छ । यसले न्यायाधीशहरु संविधान र जनताप्रति इमानदार होइनन्, दल, तिनका नेता, सरकारका बफादार बनेका छन् । लामो समयदेखि न्यायाधीश नहुँदा सेवाग्राहीले हैरानी त खेप्नुपरिरहेको छ नै अदालतमा पनि मुद्दाको चाब दिनानुदिन बढिरहेको छ । न्यायपालिका भनेको जनताको भरोसाको अन्तिम स्थान हो ।

अन्यत्र कतै न्याय नपाएपछि अदालतबाट भए पनि न्याय पाउला भन्ने आशा लिएर सर्वसाधारण न्यायपालिकाको ढोका ढक्ढकाउन आइपुग्छन् । जनतालाई समयमै न्याय दिलाउनु सरकारको कर्तव्य पनि हो । त्यसले मात्र सुसंस्कृत समाज स्थापना र विधिको कार्यान्वयनमा सघाउ पु¥याउँछ । तर, अहिलेको अवस्था भने यसको ठीक विपरीत छ । न्यायपालिकामा न्यायाधीश नियुक्तिमा सरकार र संसदले उदासीनता देखाउँदा त्यसको असर समग्र न्याय
प्रणालीमा नै परेको छ । न्यायपालिकाप्रति जनताको विश्वास गुम्ने अवस्था सृजना भएको छ । नेपालमा सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतमा सर्वसाधारणको धेरै मुद्दा जोडिएका हुन्छन् । तर यिनै अदालतमा लामो समयदेखि न्यायाधीश अभाव छ । संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा २० जना न्यायाधीश हुनुपर्नेमा अहिले १४ जना मात्र छन् । देशका सबैजसो उच्च अदालत कामु मुख्य न्यायाधीशको भरमा छ । जिल्ला र विशेष अदालतको अवस्था पनि सर्वोच्च र उच्चको भन्दा फरक छैन भन्दा हुन्छ । त्यसैले अदालतमा पुगेका सर्वसाधारण समयमै न्याय नपाएर निराश हुनुपर्ने अवस्था छ । ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर हो भन्ने
उक्ति प्रचलित छ । न्यायिक प्रक्रिया लामो हुँदा यसले पीडकलाई चलखेलको मौका दिन्छ भने पीडितलाई झनै पीडा दिन्छ । यस्तो बेलामा पीडकले पीडितलाई धाकधम्की दिएर बयान नै बदल्न लगाएको घटना पनि धेरै छन् । त्यसकारण शीघ्र न्याय आजको आवश्यकता हो । तर, न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढ्नुमा भने संसदीय ढिलासुस्ती र सरकारको उदासीनता प्रमुख कारण बन्दै आएको छ । न्यायाधीश नियुक्ति प्रक्रिया ठप्प हुँदा सर्वोच्चमा हाल करिब ३०
हजार मुद्दाको लगत छ । नयाँ र पुरानो गरी मुद्दाको चाब दैनिक रुपमा बढ्दै गएको छ । यसको अर्थ राजनीतिक दल, सरकार, संसद नै न्यायपालिकालाई निकम्मा बनाउन उद्यत छन् बुझिन्छ । न्यायपालिका कार्यकापालिका र व्यवस्थापिका गलत गतिविधिलाई रोक्ने एउटा निकाय पनि हो । यदि यसलाई नै निकम्मा बनाइन्छ भने आगामी दिनमा दण्डहीनता र अनियमितता बढ्ने र समाजमा अशान्ति मच्चिनेछ भन्नेतर्फ सबैको
ध्यान जान जरुरी छ ।
अर्कोतर्फ सरकारले न्यायालयलाई आफूनियन्त्रित बनाउने खेल पनि बन्द गर्नुपर्छ । हालै इजरायलमा न्यायिक क्षेत्रमा परिवर्तन गरिँदा त्यहाँ ठूलो आन्दोलन भएको थियो । त्यहाँको सरकारले सर्वोच्च अदालतको केही अधिकार कटौती गरेको थियो । पहिलो इजरायलको सवोर्च्च अदालतले मन्त्रिपरिषदले गरेका निर्णय अनुचित लागेमा उल्टाउन सक्नेसम्मको अधिकार पाएको थियो । तर, इजरायल सरकारले हालै त्यो अधिकार कटौती गरेको हो । सरकारको यस्तो कदमले लोकतन्त्रमा असर पर्ने र सरकार निरंकुश हुने आन्दोलनकारीको भनाइ थियो । न्यायालयलाई सरकारको नियन्त्रणमा राख्ने हो भने पक्कै पनि त्यो सरकार स्वेच्छाचारी हुनेछ । सरकारको हरेक गलत कदममा न्यायालयले सहीछाप
लगाउने अवस्था आउने छ, जुन मुलुक र जनता दुवैका लागि दुर्भाग्य हुनेछ । नेपालमा यस्तो अवस्था आउन नदिन सम्बन्धित सबै पक्ष चनाखो हुन जरुरी छ

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

१ हप्ता अगाडि
गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक