काठमाडौं । खेलाडीलाई आपत् विपदमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ३ जना खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरे । उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का छन् ।
क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई २ लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् । शारीरिक अस्वस्थताका कारण ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरियो । स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई १ लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।