काठमाडौं । नेपाली बजारमा ‘ओप्पो ए७८’ स्मार्टफाेन सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै ओप्पोले ‘ए’ सिरिजको पछिल्लो फोरजी स्मार्टफोन सार्वजनिक गरेको हो ।
क्वालकम स्न्यापड्रागन ६८० चिपसेट रहेको फाेनमा ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज दिइएकाे छ । फाेनकाे स्टाेरेज १ टीबीसम्म बढाउन मिल्छ । ३३ हजार रुपैयाँ मूल्य पर्ने यो फोनले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । एन्ड्रोइड १४ मा आधारित कलर ओएस १३.१ बाट यो फोन चल्छ ।
यसमा ९० हर्ज रिफ्रेस रेट भएको ६.४ इन्च फुल एचडी प्लस एमोलेड डिस्प्ले छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ सेन्सरका साथमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएकाे छ । यसमा ६७ वाटको सुपरभुक चार्जिङ सहित ५००० एमएएचको ब्याट्री दिइएको छ । कम्पनीले यो फोनको ब्याट्री लगभग ४४ मिनेटमा १०० प्रतिशत चार्ज हुने दाबी गरेको छ ।