आइत, अशोज ७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्व वडाध्यक्षको कृषिकर्म

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
पूर्व वडाध्यक्षको कृषिकर्म
गलकोट / बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका नेत्रबहादुर बुढाथोकी यतिबेला अलैँची स्याहरको सुसार गर्दै हुनुहुन्छ । सुन्तला खेतीबाट व्यावसायिक कृषि पेसा थालेका बुढाथोकी क्रमशः अलैँची खेती, बङ्गुरपालन र तरकारी खेतीमा लागेका मात्रै छैनन् आफ्नो वडामा व्यावसायिक कृषक जन्माउन उनको ठूलो हातसमेत छ ।
विसं २०६८ मै दुई सय सुन्तलाका बिरुवा लगाएर सुन्तला खेती थाल्नुभएका बुढाथोकीलाई परिवारले धान खाने खेत मासेर रुख रोपेको भन्दै गालीसमेत गरे । अहिले वर्षमा सुन्तला खेतीबाटै झन्डै रु तीन लाख कमाइ भएर धान खेतीभन्दा तेब्बर नाफा भएपछि परिवारका व्यक्तिसमेत बुढाथोकीको कृषि कर्मलाई सघाउनेतर्फ लागे।
गलकोटकै बढी व्यावसायिक कृषक रहेको दुदिलाभाटीमा किसानलाई व्यावसायिक बनाउन थालेका बुढाथोकीले किसानकै मनमा बसेको र जनतामा परिचित भइसकेको पत्तै पाएनन्। फलस्वरुप २०७४ सालको स्थानीय तहको निर्वाचनमा गलकोट–१ को वडाध्यक्ष निर्वाचित भए।
“विसं २०६८ मा कृषि विकास कार्यालयमार्फत रु १५ का दरले दुई सय सुन्तलाका बिरुवा पाँच रोपनी धान फल्ने खेतमा लगाएको थिएँ, ५० बिरुवा मरे, अहिले एक सय ५० बिरुवाले उत्पादन दिइराखेका छन्, गत वर्षमात्रै सुन्तला बिक्री गरेर रु तीन लाख कमाएको थिएँ”, बुढाथोकीले भने, “सुन्तलासँगै व्यावसायिक तरकारी र अलैँची खेतीको सम्भावना देखेर स्थानीयलाई व्यावसायिक उत्पादनमा लगाउन थालेपछि जनतासँग नजिक भइयो, २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि नगरपालिका र वडाको बजेट समेत कृषिमा केन्द्रित गरँे, अहिले यस वडामा आलु पकेट, बाख्रा पकेट, अलैँची ब्लक र किबी पकेटका कार्यक्रम सञ्चालित छन् ।”
बुढाथोकीले सुन्तलाको आम्दानी बढे पनि अलैँची, तरकारी र बङ्गुरपालन नयाँ भएकाले लगानीमै रहेको जानकारी दिए । सुसङ्गम फलफूल तथा पशुपालन केन्द्र नामको फार्म दर्ता गर्नुभएका बुढाथोकीले पाँँच रोपनी धान खेतमा सुन्तला खेती गर्दै आएका छन् । यस्तै उनी घुसुवा बालीका रूपमा सोही क्षेत्रफलमा अलैँची खेती गर्दै आएका हुन्।
“सुरुमा सुन्तलाका बिरुवा लिएर रोप्न खोज्दा बुवाले दिनुभएन, अनि मकै लगाएर बीचमा सुन्तला लगाएँ”, उनले भने, “धान खेतको लगानीबाट भन्दा सुन्तला खेतीबाट तेब्बर कमाउन सकिन्छ, मेरो परिवारले मात्रै होइन सबै किसानले बुझिसकेका छन्, अहिले बागलुङमा ठूलो आम्दानीको रूपमा सुन्तला खेती छ ।”
गत वर्ष २८ क्विन्टल सुन्तला रु एक सयभन्दा माथिल्लो भाउमा घरबाटै बिक्री गरेको बुढाथोकीको भनाइ छ । आफ्नै वडाध्यक्षको कार्यकालमा वडामा अलैँची ब्लक क्षेत्र कार्यक्रम स्थापना भएपछि आफूसमेत पुनः अलैँची खेतीमा लागेको उनको भनाइ छ । अहिले दुदिलाभाटीमै अलैँची बिक्रीबाट एकै किसानले वर्षमा रु पाँचदेखि सात लाखसम्मको आम्दानी गरिरहेको बुढाथोकीले जानकारी दिए।
उनले कृषि ज्ञान केन्द्रको सहयोगमा रु चार लाख लागतमा एउटा हाइटेक टनेल स्थापना गरेर व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । कृषिमा प्राप्त सफलतापछि बुढाथोकीले पशुपालनमा आकर्षित भएर रु १० लाख लगानीमा तीन वर्षदेखि बङ्गुर फार्मसमेत सञ्चालनमा ल्याएका छन् ।
बुढाथोकीको बङ्गुर फार्ममा अहिले साना–ठूला १८ बङ्गुर रहेका छन् । रु चार सय प्रतिकिलोमा स्थानीय हटिया, नरेठाँटीलगायतका बजारमा बङ्गुरको मासु बिक्री हुने गरेको छ । तीन माउ राखेर सुरु गरेको बङ्गुरपालन व्यवसाय फस्टाउँदै गएको र रु १० लाख लगानी केही वर्षमै उठ्ने उनको विश्वास छ । विसं २०७४ को स्थानीय निर्वाचनमा वडाध्यक्ष हुनुभन्दा पहिलासमेत कृषिमै भएकाले जनप्रतिनिधि भइसकेपछि समेत पुरानै अवस्थामा फर्किएको उनको भनाइ छ ।
आफ्नो वडाध्यक्षको कार्यकालमा कृषिमा बजेट बढाउने, कृषि भ्रमण गराउने, वडामा किबी पकेट कार्यक्रम लागू गर्नेलगायतका काम गरेको उनको भनाइ छ । अहिले दुदिलाभाटीमा किबीको मात्रै पाँच हजार बिरुवा लगाइएको जानकारी दिए । कृषि र पशुपालनबाट बचत भएको समयमा बुढाथोकी सामाजिक कामसँगै राजनीतिमा समेत सक्रिय रहँदै आएका छन् । पूर्ववडाध्यक्ष रहेका बुढाथोकी राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्य हुनुहुन्छ । राजनीति र जनप्रतिनिधि भनेको पेसा नभएर सेवा भएकाले आर्थिक जीवनस्तर उकास्न र अरुलाई उदाहरणीय बन्नका लागि आफू कृषि तथा पशुपालनमा लागेको उनको भनाइ छ ।
“अहिले जनप्रतिनिधलाई जागिरका रूपमा लिने प्रचलन छ, त्यस्तो होइन, जनप्रतिनिधि हुनुभन्दा पहिला किसान थिएँ, अहिले पनि किसान छु, जनप्रतिनिधि भएर अरुलाई यो गर त्यो गरभन्दा आफूले पनि त केही गरेर देखाउनपर्यो”, उनले भने। बुढाथोकीको घर फार्म नजिकै कृषि निर्देशनालयको रु १० लाखको लागतमा कृषि उपज सङ्कलन केन्द्रसमेत निर्माण गरिएको छ । -रासस

यो पनि पढ्नुहोस्

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

३ दिन अगाडि
माकुने प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागिपरेको आरोप

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छः ओली

३ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

४ घण्टा अगाडि
आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

८ घण्टा अगाडि
बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

८ घण्टा अगाडि
पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

८ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक १९.४२ अंकले घट्याे

९ घण्टा अगाडि
लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

९ घण्टा अगाडि

लोकप्रिय

  • ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    0 shares
    Share 0 Tweet 0
  • बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा बिहार आसपासको न्यून चापीय प्रभाव

    0 shares
    Share 0 Tweet 0
  • पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

    0 shares
    Share 0 Tweet 0
  • बीआरआईमा नेपालको सक्रिय सहभागिता रहन्छ : प्रधानमन्त्री दाहाल

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

डलरको भाउमा नयाँ रेकर्ड कायम

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

शिक्षकको मर्यादा तोकिनेदेखि यस्ता छन् ६ बुँदे सहमति

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist