शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

कांग्रेसमा १५ औँ महाधिवेशनको चर्चा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक विज्ञप्ति जारी गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेतृत्वको कार्यशैली र निणर्य प्रक्रियामा प्रश्न उठाउँदै युवा महामन्त्रीहरूसहित नेताहरूले दबाब बढाउन थालेपछि गएको २० जेठमा सभापति शेरबहादुर देउवाले भने, ‘गाली गरेर पार्टी बलियो हुने होइन, काम गर्नुस् । अब त मैले सहयोगमात्रै गर्ने हो, पार्टी चलाउने, सभापति हुने म होइन ।’

महाधिवेशन सकिएको डेढ वर्षसम्म पार्टीलाई विधानका व्यवस्थाबमोजिम सञ्चालन गर्न नसकेका सभापति देउवाले सार्वजनिक मञ्चबाटै अब आफू पार्टीको सभापति नहुने घोषणा गरेपछि कांग्रेसमा १५ औँ महाधिवेशनको चर्चा सुरू भएको छ ।

गत महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू फेरि सभापतिका लागि प्रतिस्पर्धा गर्ने बताइसकेका छन् भने अन्य नेताहरूले समेत आगामी महाधिवेशन केन्द्रित गतिविधि बढाएका छन् । त्यति मात्रै होइन, नेताहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमै अर्को महाधिवेशनको विषयलाई प्रवेश गराए र छलफलको विषय बनाए ।

विधानअनुसार कांग्रेसको महाधिवेशन चार-चार वर्षमा हुनुपर्छ । तर कांग्रेसले आफ्नो जीवनमा विधानको त्यो व्यवस्था मानेको छैन । चार वर्षमा हुनुपर्ने महाधिवेशनलाई कांग्रेसले धकेलेर ६ वर्षसम्म पुर्‍याएको छ । जसकारण गत साता बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पार्टी विधानको बाध्यकारी पालना र समयमै १५ औँ महाधिवेशन हुनुपर्ने विषयलाई जोड दिएर उठाए ।

बैठकमा पार्टीको संगठन र सदस्यतासम्बन्धी कार्ययोजना नै प्रस्तुत गरेका महामन्त्री गगनकुमार थापाले २०८२ सालभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरे । ‘हामीले जसरी पनि २०८२ सालमा महाधिवेशन गर्नैपर्छ । त्यसो गर्दा अर्को आमचुनावका लागि महाधिवेशनपछि दुई वर्षको समय बाँकी रहन्छ, दुई वर्षमा धेरै कुराहरू फेरबदल भइसकेको हुन्छ, र चुनाव प्रभावित हुँदैन,’ महामन्त्री थापाले अघि भने, ‘नभए हाम्रो अधिवेशनकै कारणले आमनिर्वाचनको परिणाम प्रभावित हुन सक्छ ।’

केन्द्रीय कार्यसमिति बैठकमा मात्रै होइन, त्यहाँ नभएका नेताहरूले देशव्यापीरुपमा सञ्चालन गरेको रुपान्तरण अभियानका क्रममा समेत धेरै ठाउँमा पार्टी विधानको प्रभावकारी कार्यान्वयनको विषय उठ्यो, जुन अप्रत्यक्षरुपमा समयमै महाधिवेशन हुुनुपर्ने विषयमै जोडिएको छ ।

केन्द्रीय सदस्य नैनसिंह महर वर्तमान नेतृत्व र पदाधिकारीले पार्टीको विधानबमोजिम पार्टी सञ्चालन नगर्दा समयमै महाधिवेशन गर्नकालागि बेलैदेखि सचेत गराउनुपर्ने अवस्था आएको बताउँछन् । ‘विधानले चार वर्षमा महाधिवेशन हुनुपर्ने भनेको छ । त्यहीअनुसार अहिलेसम्म पार्टीले बेलामा महाधिवेशन गर्न सकेको छैन,’ उनले भने, ‘जसकारण हामी केन्द्रीय सदस्यहरू र पार्टीको महामन्त्री स्वयंले अढाई वर्षअघि नै केन्द्रीय समितिमै समयमै महाधिवेशन गर्नुपर्ने विषयलाई जोड दिएर बोल्नुपर्ने स्थिति बनेको छ ।’

केन्द्रीय समितिमा महामन्त्री थापा र अन्य केन्द्रीय सदस्यहरूले आवरणमा बेलैमा महाधिवेशन गर्दा त्यसले ०८४ को चुनावलाई सहज हुने व्याख्या गरे पनि पर्दा पछाडि भने नेताहरूका आ-आफ्नै दाउ छन् । समयमै महाधिवेशन हुँदा नेतृत्व परिवर्तन हुने र आउँदो आमनिर्वाचन सहज हुन सक्ने नेताहरूको दाबी छ ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भन्छन्, ‘पार्टीको अहिलेको नेतृत्वको अनुहार देखाएर हामीले जनतामाझ जान सक्ने अवस्था छैन । बेलैमा महाधिवेशन भयो भने नयाँ नेतृत्व आउँछ । नयाँ नेतृत्वले दुई वर्षसम्म काम गर्दा जनतामा नयाँ ऊर्जा र आशा भर्न सक्छ ।’

कांग्रेसको १४ औँ महाधिवेशन ०७८ को मंसिरमा भएको थियो । जसअनुसार विधानले तोकेबमोजिम नै महाधिवेशन हुने हो भने ०८२ को मंसिरमा महाधिवेशन भइसक्नुपर्छ । तर विधानमै यस्तो पनि व्यवस्था छ कि विशेष अवस्थामा थप एक वर्ष समय थप गर्न मिल्छ ।

त्यसरी थपिएको समयमा समेत महाधिवेशन नभए संविधानले थप छ महिना म्याद थपेर पार्टीको महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । कांग्रेसले संविधानको यही व्यवस्थालाई अंगालेर १३ औँ महाधिवेशन भएको साढे पाँच वर्षपछि ०७८ मंसिरमा महाधिवेशन गरेको थियो । त्यसबेला कांग्रेसको महाधिवेशन ढिला हुनुको प्रमुख कारण क्रियाशील सदस्यताको टुगो नलाग्नुलाई बनाइएको थियो । यसपटक केन्द्रीय कार्यालयले अहिले देखि नै सदस्यता वितरण थालिसकेकाले सदस्यताको विषयले समयमै महाधिवेशन गर्न नरोक्ने महामन्त्री थापाको दाबी छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक समेत समयमा बस्न नसकिरहेका बेला नेताहरूले विधानको पूर्ण कार्यान्वयनको माग गरिरहेका छन् । त्यसो त केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री थापाले ल्याएको एक वर्षे कार्ययोजना स्वीकृत गरेको छ भने बैठकमा सभापति देउवासहित पदाधिकारीहरूले अब विधानबमोजिम सबै कार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

नेतृत्वका आकांक्षीले बढाए सक्रियता

महाधिवेशनको चर्चा सुरू भएपछि नेताहरूले सक्रियता बढाएका छन् । विगतमा चुनाव लडेर पराजित भएका र आगामी महाधिवेशनमा अवसर लिने दाउमा रहेका नेताहरूले पार्टीको महाधिवेशन लक्षित गरेर अभियान, भेटघाट र रणनीतिक गतिविधिहरू बढाएका छन् । १५ औँ महाधिवेशनमा सभापतिको दाबेदारका रुपमा हेरिएका नेता शेखर कोइरालाले काठमाडौं र विराटनगरमा नियमित भेटघाट गरिरहेका छन् । १० साउनमा सकिएको केन्द्रीय कार्यसमिति बैठककै आसपास पारेर कोइराला पक्षका नेताहरूले बत्तीसपुतलीस्थित एक होटलमा अलग्गै भेटघाट कार्यक्रम आयोजना गरे, जहाँ कोइराला प्रमुख अतिथि थिए ।

त्यही मौकामा पूर्वमहामन्त्री शशांक कोइरालाले पनि चियापान कार्यक्रम आयोजना गरे । लैनचौरमा आयोजित चियापानमा सभापति देउवासहित नेताहरू पुगे ।

पार्टीमा अर्का स्वभाविक दाबेदारकारुपमा आफूलाई उभ्याइरहेका महामन्त्री गगन थापाले पनि गतिविधि बढाएका छन् । उनले पार्टीको महामन्त्रीका रुपमा मात्रै होइन, पार्टीको नेता र भावी महाधिवेशनमा सम्भावित उम्मेदवारीका विषयमा समेत पार्टीभित्र निरन्तर छलफल र अन्तरक्रिया गरिरहेका छन् ।

नेताहरू विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि महाधिवेशनलक्षित गतिविधि गर्न छाडेका छैनन् । दोस्रो र तेस्रो पुस्ताका नेताहरू समेत महाधिवेशनलाई केन्द्र बनाएर गतिविधि गरिरहेका छन् । जसकारण कांग्रेसमा महाधिवेशन आउन अढाई वर्ष बाँकी हुँदै अर्को महाधिवेशनलक्षित माहोल बैठकमा बनिरहेको छ ।

यो पनि पढ्नुहोस्

कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

२ घण्टा अगाडि
राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने

राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक