एजेन्सी । भारत एक पछि अर्को जातिय हिंशामा फसिरहेको छ । उत्तरपूर्वी राज्य मणिपुरमा लामो समयदेखि जातिय दंगाको सामना गरीरहेको भारतले अब हरियाणामा अर्को चूनौतीको सामना गर्नु परेको छ ।
मणिपुरको ह्शिांमा अहिले सम्म चार सय बढीको मृत्यु भईसकेको र दुई महिलालाई नाङगै बनाएर घुमाउदै सामुहिक बलात्कार भएको घटनाले एक अर्ब ४० करोड भारतीयको बेईजति भएको प्रधानमन्त्री मोदीले बताईरहँदा हरियाणामा अर्को जातिय दगा शुरु भएको छ ।
यस दंगामा पहिलो झडपमै चार जना नागरिकले ज्यान गुमाएका छन् ।
हरियाणाको नुन्हमा विश्व हिन्दू परिषदको ब्रज मण्डल यात्राका क्रममा हिंसा हुँदा ४ जनाले ज्यान गुमाएका छन्। नुन्हमा दुई दिनका लागि कर्फ्यु नै लगाइएको छ। अवस्था नियन्त्रणमा लिन पूरै क्षेत्रमा प्यारामिलिट्रीको १३ कम्पनी तैनाथ गरिएको छ।
नुन्हसँगै जोडिएको राजस्थानको भरतपुरमा पनि उच्च सतर्कताको अवस्था जारी गरिएको छ। यहाँका चारवटा क्षेत्रमा इन्टरनेट काटिएको छ।
अहिले नुन्ह ९मेवात० पछि हिंसा गुरुग्रामसम्म फैलिएको छ। जसलाई देखेर यी जिल्लाका अलावा एहतियातन रेवाडी, पलवल, फरिदाबादसमेत ५ जिल्लामा धारा १४४ लागु गरिएको छ। इन्टरनेट बन्द भएको छ। नुन्ह, फरिदाबाद र पलवलमा मंगलबार सबै शिक्षण संस्थान र कोचिङ सेन्टर बन्द गरिएको छ।
नुन्हमा सोमबार विश्व हिन्दू परिषदको ब्रज मण्डल यात्राका क्रममा समुदाय विशेषका मानिसले ढुंगामुडा गरेका थिए। यसबाट हिंसा भड्किएको हो। दुवै पक्षमा ढुंगा हानाहान र गोलीसमेत चलेको छ।
यस क्रममा गुडगाउँको होमगार्ड निरज र गुरसेवकसमेत अहिलेसम्म ४ जनाले ज्यान गुमाएका छन्। घटनामा ५० भन्दा धेरै पुलिस अधिकारी, कर्मचारी र सर्वसाधारण घाइते भएका छन्। मंगलवार बिहान झडपका क्रममा मानिसहरुले कयौँ गाडीमा आगो झोसेका छन्। आन्दोलनकारीले तीन किलोमिटर आसपासमा जुनजुन गाडी देखे तिनमा आगो लगाइदिए। त्यसपछि ५०० भन्दा धेरै मानिसले साइबर थानाको पर्खाल भत्काएर भित्र छिरे। उनीहरुले डायल ११२ को गाडी पनि जलाइदिएका छन् ।