सोम, अशोज १५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल
बेलबारी / मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन्। खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ। अधिकांश मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन्।
प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन्। राज्यको बढी लगानी पनि काठमाडौँ केन्द्रित छ। अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहैकै छन्। तिनै प्रतियोगिताबाट खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन्।
खेल मैदान देखेर खेलाडी उत्साहित हुने गरेका भए पनि सामग्री अभावमा उनीहरु निराश हुनुपरिरहेको मोरङको बेलबारीका फुटबल प्रशिक्षक शङ्कर सुवेदी बताउनुहुन्छ। बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन्। “सङ्घीय सरकारले खेलकुदमा गर्ने लगानी बेलबारीसम्म पुग्दैन”, उनले भने– “स्थानीयस्तरमा सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गर्दैआएका छौँ।”
मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजिन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध छन्। बेलबारीका विवेक पौडेल र अञ्जन राई पनि राष्ट्रिय टोलीमा छनोट भइसकेका खेलाडी हुन्। मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिता सञ्चालनका लागि समन्वय हुँदै आएकोे बताउँछन्।
“जिल्ला फुटबल सङ्घ आर्थिकरूपमा कमजोर भएकाले खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन सकिएको छैन”, उनले भने।
भाउन्नेस्थित खेल मैदानमा जुनियर खेलाडीलाई प्रशिक्षण दिँदै गरेका मच्छिन्द्र, जाउलाखेल र च्यासल क्लबबाट फुटबल खेल्नुभएका विक्रम लिम्बूले भने, “खेल सामग्री पर्याप्तरुपमा पाउन सके दक्ष खेलाडी उत्पादनमा समस्या हुने थिएन।” राजधानी केन्द्रित खेलकुदको बजेट मोफसलमा ल्याउन आवश्यक भएकामा उनले जोड दिए।
मोरङको बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार बनाएर  डाँगीहाट युथ क्लब स्थापना भएको छ। भाउन्ने क्षेत्रलाई समेटेर डाँगीहाट फुटबल क्लब तथा बेलबारी बजार क्षेत्रमा बेलबारी फुटबल क्लब सक्रिय छ। राधानगरमा एम्ब्रियो युवा क्लब खेल गतिविधिमा सक्रिय छ।
स्रोतसाधनको अभावमा गोल्डकपको आयोजना गर्नु चुनौतीपूर्ण काम भएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष विक्रम वान्तवा राई बताउनुहुन्छ। ०७० मा स्थापना भएको उक्त क्लबले हालसम्म लक्ष्मी माविको खेल मैदानमा पाँचवटा गोल्डकप भव्यरूपमा सम्पन्न गरिसकेको छ। अध्यक्ष राईले क्लब छैटौँ गोल्डकपको तयारीमा जुटेको जानकारी दिए।
स्थानीय तथा विदेशमा छरिएर रहेका खेलप्रेमीको सहयोगमा निर्भर रहेको बेलबारी–११ लक्ष्मीमार्गस्थित खेल मैदान हेर्दै आकर्षक रहेको छ। प्रदेश नं १ स्तरीय महिला फुटबल, जिल्लास्तरीय प्याब्सन प्रतियोगिता र जिल्लास्तरीय एनप्याब्सन खेल प्रतियोगिता पनि यही खेल मैदानमा सञ्चालन हुँदै आएका छन्।
विसं २०६६ मा स्थापना भएको डाँगीहाट फुटबल क्लब छोटो समयमै मोफसलमा आफ्नो छाप छाड्न सफल भएको छ। क्लबले तीनवटा गोल्डकप प्रतियोगिता सम्पन्न गरिसकेको छ। एक दशकअघि यही खेल मैदानमा राष्ट्रिय टोलीविरूद्ध मोरङ–११ को खेल भएको थियो। तेह्र वर्षको अवधिमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा करिब ५० प्रतियोगिताको उपाधि जितिसकेको क्लबले जनाएको छ।
बेलबारीकै बजार क्षेत्रलाई आधार बनाएर फुटबल गतिविधिलाई केन्द्र बनाइराख्ने अर्को क्लब हो बेलबारी फुटबल क्लब। त्यसैगरी उर्लाबारी स्थित उर्लाबारी फुटबल क्लब, सम्राट स्पोर्टिङ क्लब, युनाइटेड युथ क्लब, मोतीराम स्पोर्टिङ  क्लब, नव प्रगतिशील समाजसेवा क्लब जहदा, हरैँचा स्पोर्टिङ क्लब, चारतारे युवा क्लब लेटाङ र साइनो स्पोर्टिङ क्लब खेल गतिविधिमा सक्रिय रहेको प्रशिक्षक सुमन श्रेष्ठ बताउँछन्। “खेलाडीले पर्याप्त खेल सामग्रीका साथै प्रशिक्षक पाउनसके खेलको स्तर पक्कै उकासिने छ”, उनले भने। मोरङमा रानी युवा क्लब, त्रिवेणी युवा क्लब, एम्रियो युवा क्लब र रमाइलो युवा परिवार पनि खेल गतिविधिका लागि परिचित छन्। -रासस

यो पनि पढ्नुहोस्

बक्सिङ पनि पदकविहीन रहँदै १९ औं एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिए

बक्सिङ पनि पदकविहीन रहँदै १९ औं एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिए

२ दिन अगाडि
एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

२ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

९ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

९ घण्टा अगाडि
श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

९ घण्टा अगाडि
परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा ५ अंकको वृद्धि

९ घण्टा अगाडि
हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

९ घण्टा अगाडि

लोकप्रिय

  • सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • नेपाल आइपुगिन् एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट

    0 shares
    Share 0 Tweet 0
  • आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist