काठमाडौं । महिला विश्वकप फुटबल अन्तर्गत समूह सी को खेलमा जापानले स्पेनलाई ४-० ले पराजित गरेको छ ।
यस जितपछि जापान समूह सी को को विजेता बनेको छ । जापान र स्पेन यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेका थिए । समूह सी को विजेता बन्नका लागि भएको खेलमा जापान स्पेनमाथि हावी भयो । जापान समूह विजेता र स्पेन समूह उपविजेता बनेर नकआउट चरण प्रवेश गरेको छ ।
जापानका लागि हिनाता मियाजावाले दुई तथा रिको उएकी र मिना तानाकाले समान एक गोल गरे । समूह सी कै अर्को खेलमा जाम्बियाले कोस्टारिकालाई ३-१ ले पराजित गरेको छ । अफ्रिकन राष्ट्र जाम्बियाको विश्वकपमा यो पहिलो जित हो ।