काठमाडौं । सत्तारुढ प्रमुख राजनीतिक दल नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ गतेदेखि काठमाडौंको प्रज्ञा भवनमा सञ्चालन हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गरिने भएकाे छ ।
बैठक लाइभ गर्ने निर्णय भएको पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए। उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिइने पनि जनाए ।
केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको उनले जनाए। केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्नेछ।
यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो।