शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

क्रिकेटका अभिभावक नरेश श्रेष्ठको निधन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
क्रिकेटका अभिभावक नरेश श्रेष्ठको निधन

मोरङ – जीवनको झण्डै चार दशक नेपाली क्रिकेटका लागि समर्पित गरेका नरेश श्रेष्ठको निधनसँगै नेपाली क्रिकेटले एकजना अभिभावक गुमाएको छ। विगत डेढ महिनादेखि अस्वस्थ रहेका श्रेष्ठ काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। डेढ महिनाअघि विराटनगरमा उपचार गराउँदा पथरी देखिएपछि परिवारले थप उपचारका लागि काठमाडौँ लगेका थिए।

पारिवारिक स्रोतका अनुसार काठमाडौँस्थित शिक्षण अस्पतालमा उनको आन्द्रामा समस्या देखिएपछि बायोप्सी गरिएको थियो। उच्च रक्तचाप र मधुमेहबाट पीडित श्रेष्ठको आन्द्रामा क्यान्सर देखिएपछि गत असार १३ गतेबाट भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो। वि.सं. २०३५ सालदेखि नेपाली क्रिकेटसँग जोडिएका श्रेष्ठको शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको हो।

उनी मोरङ जिल्लाको क्रिकेटलाई ५० को दशकमा स्वर्णकाल बनाउने अभिभावक थिए। २०३५ सालबाट क्रिकेटमा भिज्दै आएका श्रेष्ठले २०५३ सालबाट मोरङ जिल्ला क्रिकेट संघको नेतृत्व सम्हालेका थिए। उनको अभिभावकत्वको समय विराटनगरबाट ५ देखि ६ जनासम्म खेलाडीहरु राष्ट्रिय टोलीमा सहभागी हुँदै आएका थिए।

२०४७ सालदेखि श्रेष्ठसँगै मैदानमा काम गर्दै आएका अम्पायर शिरिष उपाध्यायले नेपाली क्रिकेटले अभिभावक गुमाएको बताए। श्रेष्ठ क्रिकेटप्रति पूर्णरुपमा समर्पित रहँदै आएको उनको भनाइ छ।

उनी भन्छन्, ‘विगत ३०/४० वर्षदेखि उहाँसँग सँगै क्रिकेटको मैदानमा थिएँ। प्रतियोगिताका क्रममा धेरैपटक मनमुटाव हुन्थ्यो पनि। तर पनि प्रतियोगिता गर्नु पर्दा हामीलाई खोज्नुहुन्थ्यो। सबैलाई साथमा लिएर हिँड्न सक्ने क्षमता उहाँमा थियो।’

जिल्ला क्रिकेट संघको स्थापनापछि उनकै पहलमा तत्कालीन क्षेत्रीय क्रिकेट समिति गठन भएको थियो। उपाध्याय सम्झिन्छन्, ‘उहाँ मोरङ क्रिकेटको स्थापनाकालकै अध्यक्ष हुनुभयो। त्यसपछि श्रीहर्ष कोइरालाको अध्यक्षतामा क्षेत्रीय क्रिकेटको गठन भयो। सो समय उहाँले नै कार्यवहाकका रुपमा क्षेत्रमा जिम्मेवारीवहन गर्नुभयो। यसक्रममा जिल्ला क्षेत्रमा क्रिकेटका धेरै प्रतियोगिता भए। खेलाडी उत्पादन भए। राष्ट्रिय टोलीमा एकपटकमा सातदेखि आठजनासम्म खेलाडी पर्थे। जुन बिरलै हो।’

प्रशिक्षकसमेत रहेका विराटनगरका पूर्व खेलाडी महेश रिजालले नेपाली क्रिकेटमा सम्मानका रुपमा उनलाई ‘नरेश अंकल’ भनेर सम्बोधन गरिने बताए।

रिजालले भने, ‘हामी सबैको लागि उहाँ नरेश अंकल नै हुनुहुन्थ्यो। क्रिकेटमा ठूलो योगदान दिनुभएका उहाँलाई सबैले सम्मानपूर्वक नरेश अंकल भन्दै आएका हौँ। उहाँको निधनले मोरङसँगै नेपाली क्रिकेटले अभिभावक गुमाएको छ।’

उनले विराटनगरमा ५० को दशकमा क्रिकेटलाई उर्वर बनाउँदै विभिन्न श्रेणीका प्रतियोगिता आयोजना गराउन महत्वपूर्ण भूमिका रहेका श्रेष्ठको योगदान अतुलनीय रहेको उल्लेख गरे।

उनले भने, ‘खेलाडीलाई प्रोत्साहन गर्ने, स्नेह भाव गर्ने र प्रतियोगिता आयोजना गराउने तदारुकता उहाँमा थियो। उहाँ आफै पनि प्रतियोगिता गराउन, डोरी, सिमांकन गर्न मोबिलदेखि चुनालगायतका सामाग्री लिएर मैदानमा प्रवेश गर्नुहुन्थ्यो। उहाँको कार्यकाललाई हामी मोरङको क्रिकेटमा स्वर्णिमकाल पनि भन्न सक्छौँ।’

‘घरपरिवारबाहेक उहाँको अन्यत्र कतै साथ थियो भने त्यो क्रिकेट थियो,’ रिजालले थपे, ‘मोरङको क्रिकेटलाई चलायमान बनाउँदै खेलाडी उत्पादन गर्न उहाँ सधैँ खट्नु हुन्थ्यो। उहाँकै नेतृत्वमा शहीद मैदानमा भारतको टोलीसहितको क्लबस्तरीय, जिल्लास्तरीय, राष्ट्रियस्तरीय सम्मको क्रिकेट हुने गरेको थियो। क्रिकेट परिवारप्रति हरदम चिन्तित भएको पाउँथ्यौँ। कति प्रतियोगिताका लागि मैदानमा टन्टलापुर घाममा मैदानमा उहाँ एक्लै भिडेको दृष्य अझै पनि मेरो मस्तिष्कमा छ।’

उनलाई गुरु मान्दै आएका विराटनगरका पूर्व खेलाडी रोशन बुढाथोकीका अनुसार विराटनगरमा ५० को दशकमा क्लबस्तरीय खेललाई उत्कर्षमा पुर्‍याउने दीर्घकालीन सोचसहित श्रेष्ठ अघि बढ्दै आएका थिए। उनले भने, ‘त्यसबेला हामीसमेत विभिन्न चरणमा क्रिकेट खेल्न भारतको बिहारदेखि, मुलुकका विभिन्न जिल्ला पुग्थ्यौँ। सबै व्यवस्थापन र सहजीकरण नरेश अंकलले गरिदिनुहुन्थ्यो। त्यसबेला उहाँकै पहलमा क्रिकेट खेल्नका लागि सी, बी, ए डिभिजन हुँदै जिल्ला र क्षेत्रका खेलहरु हुन्थ्यो।’

श्रेष्ठले जिल्लाको जिम्मेवारी सम्हालिरहँदा मनिषराज पाण्डे, राजेश चौधरी, अशोक चौधरी, दिपेन चौधरी, नवीन घिमिरे, पारस लुनिया, आमिर अख्तर, पुष्प थापा, छोराहरु युनिल श्रेष्ठ, मन्जित श्रेष्ठलगायत थुप्रै युवाले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। ३० को दशकमा अम्पायरिङबाट क्रिकेटमा प्रवेश गरेका श्रेष्ठले परिवारभित्रै क्रिकेटको वातावरण बनाएका थिए। ४० को दशकमा नेपाल क्रिकेट संघ (क्यान)मा प्रवेश गरेका श्रेष्ठ केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसम्म बनेका थिए।

उनका जेठा छोरा युनिल श्रेष्ठ नेपाली क्रिकेटको अन्डर–१९ तर्फ पहिलो क्याप्टेन बनेका थिए। त्यसैगरि, कान्छा छोरा मन्जित श्रेष्ठ हाल विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध छन्। उनकी छोरी ऋचा श्रेष्ठको केही वर्षअघि क्यान्सरका कारण अष्टेलियामा निधन भएको थियो।

क्रिकेटमा समर्पित श्रेष्ठले पछिल्लो पटक छोरीको नाममा ऋचा मेमोरियल क्रिकेट प्रतियोगिता आयोजना गराउँदै आएका थिए। उनले विराटनगरमा पहिलो युथ क्रिकेट क्लब (वाइसिसी)को स्थापना गराएका थिए। त्यसपछि क्लबस्तरीय क्रिकेटले मोरङमा जरा गाडेको हो। पछिल्लो समय श्रेष्ठले पूर्वाञ्चल क्रिकेट एकेडेमीसमेत सञ्चालनमा ल्याएका थिए।

दुई दशक मोरङ क्रिकेटको जिम्मेवारीवहन गर्दा पूरा समय क्रिकेटमै दिएका श्रेष्ठकै पहलमा स्नातकोत्तर क्याम्पसको मैदान भाडामा लिएर क्रिकेट प्रतियोगिता र अभ्यासका लागि सम्झौता गराएका थिए।

क्रिकेटमा जीवन समर्पित गरेका श्रेष्ठ आईसीसीको लाइफटाइम एचिभेन्ट अवार्डबाट सम्मानित भएका थिए।

यो पनि पढ्नुहोस्

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

५ घण्टा अगाडि
आरआर क्याम्पसमा क्याम्पसस्तरीय खुला पुरुष फुटसल हुने

आरआर क्याम्पसमा क्याम्पसस्तरीय खुला पुरुष फुटसल हुने

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

४ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

४ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

४ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist