शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

सरकारको कर नीतिविरुद्ध जनता आन्दोलित

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
करको दर फराकिलो बनाउँदै आएको सरकार भन्सारमा पनि जनविरोधी बन्दै
काठमाडौं / विमानस्थलबाट क्विन्टल सुन तस्करी हुँदा पनि थाहा नपाउने सरकारले जनताले दैनिक प्रयोगका लागि ल्याएको सामानमा भने कर लिन थालेपछि चौतर्फी विरोध सुरु भएको छ । सरकारले दैनिक किनमेलका लागि भारतीय बजार पुगेका सर्वसाधारणमाथि पनि कर लगाउन सुरु गरेपछि सीमावर्ती क्षेत्रका जनता आन्दोलिन भएका हुन् । भन्सारमा ठूला तस्करहरुले सेटिङ मिलाएर सामान आयात गरिरहँदा निरीह जनतामाथि भने कर थोपरिएको उनीहरुको आरोप छ ।
सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ देखि सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा भन्सार लगाउन थालेको हो । जब कि सीमावर्ती थुप्रै नेपालीले सस्तो पर्ने भएकाले आफ्नो दैनिक किनमेलका लागि भारतीय बजार रोज्ने गरेका छन् । उपभोक्तालाई नेपालमै सस्तो र राम्रो बजारको व्यवस्था गर्न नसकेको सरकारले दैनिक किनमेलमा थोरै रकम बचाउन खोज्ने
सर्वसाधारणमाथि भने धरपकड थालेको हो । जसको विरोधस्वरुप देशैभरका नाकामा सर्वसाधारणले प्रदर्शन गरेका छन् ।
नेपाल सरकारको परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने व्यवस्था गरेको थियो । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । १५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको हो । तर, भन्सारले व्यवसायीलाई राहत भएको जनाइरहँदा आम जनताले भने असुविधा भोग्नुपरिरहेको छ ।
यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तु जाँच पास सम्बन्धी संशोधनको ५ नम्बर बुँदामा यस्तो व्यवस्था गरिएको छ । जसमा हवाई यात्रुले ल्याउन पाउने यात्रु सुविधाका वस्तुहरुको कुनै पनि सुविधा स्थलमार्गका सर्वसाधारणलाई छैन । तर, भारतीय सेनामा काम गर्ने सैनिक अधिकारी, भारत र चीनमा पढ्न जाने विद्यार्थीलाई भने कम्प्युटर र ल्यापटप ल्याउन भने सुविधा दिइएको छ । भन्सार विभागले पनि कर नलाग्ने बजारमा गएर नेपाली मुद्रामा गरिने कारोबार निरुत्साहित गर्न यस्तो नियम कडाइका साथ कार्यान्वयन थालिएको जनाएको छ । अझ अहिले त नेपाली रुपैयाँ बलियो भएको बेला भारतीय बजारमा हुने कारोबारले उल्टै मुलुकलाई असर गरेको विभागको दाबी छ ।
स्थानीयहरुले भने भारतबाट रासन पानी किनमेल गरेर आउँदा महसुल तिर्न लगाइनु व्यावहारिक नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । गत मंगलबार मेची भन्सारमा साना व्यवसायीको विरोधका कारण नाका तनावग्रस्त भएको थियो । उनीहरुले सय रुपैयाँमाथिको सामानको भन्सार महसुल तिर्ने कुराले साना व्यवसायीहरु सबभन्दा बढी मारमा पर्ने भन्दै उनीहरु आन्दोलित बनेका हुन् । सरकारको निर्णयले ठूला व्यापारीलाई पोस्ने र साना व्यवसायीहरुलाई मार्ने काम गरेको दाबी गरेका छन् । मेचीनगर नगरपालिका, मेची भन्सार, मेची उद्योग वाणिज्य संघ तथा विभिन्न राजनीतिक दलका सांसद तथा नेताहरुले साउन ५ गते सर्वदलीय र सर्वपक्षीय निर्णय गरी सय रुपैयाँभन्दा माथिका सामान भारतबाट खरिद गरी ल्याउँदा अनिवार्य रुपमा भन्सार महसुल तिर्नुपर्ने निर्णय गरेका थिए ।
यसैबीच, भारतीय बजारमा खरिद गरेको सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्ने नीति सच्याउन माग गर्दै पूर्वमन्त्री सहितको टोलीले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल सहितको टोलीले सरकारले १ साउनदेखि लागू गरेको उक्त नीति सच्याउन अर्थमन्त्री डा.प्रकाशशरण महतलाई आग्रह गरेको हो ।
यस्तो भन्सार नीति देशका अन्तर्राष्ट्रिय सीमा तथा एयरपोर्टमा लागू नगरिएको तर भारतीय सीमा जोडिएका मधेश क्षेत्रमा मात्र लागू गरिएको भन्दै ज्ञापन पत्रमा यसले सीमावर्ती क्षेत्रका जनताको जीवनयापनमा कठिनाइ भएको उल्लेख गरिएको छ । ‘सीमावर्ती नेपालीको दैनिक आधारभूत प्रयोजनका नुन, तेल, मलखादजन्य वस्तुहरुमा यो नीति पूर्ण अव्यवहारिक र विभेदकारी भएकाले अविलम्व परिवर्तन गरी सहज गर्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । अर्थमन्त्री डा. महतले सरकार सदैव जनताको सहज जीवनयापन र जनहितको पक्षमा रहेकोले अव्यवहारिक भएमा नीति पुनरवलोकन हुने प्रतिबद्धता जनाएको नेता कँडेलले जनाएका छन् । कथनी र करणीमा भैरहेको भिन्नताले जनतामाथि बोझ बढिरहेको छ । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्री प्रचण्डकाे आग्रह

प्रचण्ड माओवादीको पलायन यात्रा उत्कर्षमा !

२३ घण्टा अगाडि
प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थिति बीच सरकारलार्इ दाबी

प्रचण्डको अमेरिका र चीन भ्रमणका एजेण्डा !

२ हप्ता अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा

५० सेकेन्ड अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

५१ मिनेट अगाडि
यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

१ घण्टा अगाडि
ग्लोबल आइएमई बैङ्कको कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

ग्लोबल आइएमई बैङ्कको कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

१ घण्टा अगाडि
प्रधानमन्त्री  प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

२ घण्टा अगाडि
धुलिखेल नगरपालिका दक्षिण एशियाली ‘हेल्दी सिटी’ को सदस्य बन्दै

धुलिखेल नगरपालिका दक्षिण एशियाली ‘हेल्दी सिटी’ को सदस्य बन्दै

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • शिक्षा विधेयकप्रति असहमति जनाउँदै बालेनले शिक्षकहरुलाई भने- पठनपाठनमा अवरोध चाहिँ नपुर्‍याउनुहोला

    0 shares
    Share 0 Tweet 0
  • प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै

    0 shares
    Share 0 Tweet 0
  • माओवादीको पत्रले नेसपाभित्र तरंग

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist