सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

डरलाग्दो तस्करीको कारोबार, सरकार रमिते बन्दै छ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण
नेपालको प्रमुख हवाई नाका हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । राजधानी काठमाडौंमा रहेको यो विमानस्थल केही अघिसम्म मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि थियो । त्यसैले स्वाभाविक रुपमा पनि यहाँ भन्सार तथा प्रहरी प्रशासनको उपस्थिति बलियो रुपमा हुने नै भयो । तर, यही विमानस्थल हुँदै केही दिनअघि एक सय क्विन्टल तस्करीको सुन बाहिरियो । भन्सारको जाँचपास गरेर बाहिर निस्कँदा पनि यो सुन कसैले समात्न सकेन वा कसैले समात्न चाहेनन् । तर, यसले मुलुकको प्रमुख हवाई नाका नै तस्करका लागि कसरी ‘स्वर्ग’ समान भइरहेको छ भन्ने स्पष्ट पारेको छ ।
कुनै बेला अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको त्रिभुवन विमानस्थलबाट ‘हात्ती नै छिराइदिन सक्ने’ उल्लेख गरेका थिए । यसको अर्थ विमानस्थलबाट तस्करी गर्न कुनै समस्या नरहेको भन्ने थियो । चाल्र्सले वर्षौंअघि भनेको अवस्था अहिले पनि ज्यूँका त्यूँ नै छ । अहिले पनि क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको छ, तर सरकार भने रमिते बनेको छ । सुन मात्र नभएर अन्य वस्तुको तस्करीमा पनि सरकार केवल मूकदर्शक देखिएको छ । अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो । जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो । यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पाट्र्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो । जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गरिएको थियो ।
नेपालमा अहिले सुनको वैध आयात केवल बैंकहरूले मात्र गर्न पाउँछन् । त्यसका लागि पनि दैनिक कोटा १० किलोग्रामको सीमा तोकिएको छ । देशभित्र नै सुनको खपत अहिले उच्च मूल्यका कारण शिथिल भइरहेको व्यवसायीहरू बताउँछन् । व्यवसायीका अनुसार दुबईमा भन्दा नेपालमा सुन प्रतितोला १७,००० रुपैयाँले महँगो पर्छ । एक तोलामा त्यति धेरै फाइदा भएपछि तस्करहरूले विभिन्न सेटिङ मिलाएर नाफा बाँड्नेगरी सुन भित्र्याउने गरेक छन् । त्यसमाथि वैध रूपमा ल्याउँदा तिर्नुपर्ने भन्सार पनि छलिन्छ । नेपाल र भारतमा सुनको मूल्य उस्तैउस्तै भएका बेला उतैबाट सरासर आयात नगरी यताबाट अवैध तस्करी गराउनु भनेको त त्यहाँ स्रोत देखाउन नमिल्ने पैसा भएकाहरूले गरेको कारोबार हुनसक्ने जानकारहरूको भनाइ छ । कर नतिरेको, भ्रष्टाचार गरेको, अनि आतंककारी क्रियाकलापसँग सम्बन्धित अर्थतन्त्रसँग यस्ता तस्करी कारोबार जोडिने उनीहरू बताउँछन् । अवैध सुन आयातले देशको अर्थतन्त्रमा माथिदेखि तलसम्म शृंखलाबद्ध विचलन ल्याउँछ । अहिले प्रत्येक एक किलोग्राम सुनमा भन्सार शुल्क मात्र १२ लाख रुपैयाँभन्दा धेरै तिर्नुपर्ने हुन्छ । एक क्विन्टल सुन तस्करी हुँदा १२ करोडको भन्सार नोक्सानी हुन्छ ।
सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । तस्करीको केही सुन नेपालमा प्रयोग हुने र केही भारत जाने गरेको छ ।  केही वर्षअघि काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलोग्राम सुन बरामद भएको थियो त्यही वर्ष काठमाडौं र जनकपुरबाट प्रहरीले १५ किलोग्राम सुन पक्राउ गरेको थियो । आव २०७१÷०७२ मै तस्करबाट समातेको ६४ दशमलव ५५६ किलोग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राष्ट्रबैंकलाई बुझाएको उल्लेख छ ।
राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको सुनको तथ्यांकमा राजस्व अनुसन्धान कार्यालय इटहरीले सोही आर्थिक वर्षमा ७ दशमलव ९९६ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको छ ।  यसैगरी सोही आर्थिक वर्षमा पथलैया भन्सार कार्यालयले १० दशमलव २३४ किलोग्राम सुन राष्ट्र बैंकलाई बुझाइएको छ ।  यसैगरी गौर भन्सार कार्यालयबाट सोही आर्थिक वर्षमा ५ दशमलव ३२९ किलोग्राम सुन प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सोही आर्थिक वर्षमा विभिन्न नाकाबाट अबैध रुपमा नेपाल ल्याइएको ७४ दशमलव ९५६ किलोग्राम सुन सम्बन्धित भन्सार कार्यालय तथा अन्य निकायले राष्ट्र बैंकलाई बुझाएको तथ्यांक छ । आर्थिक वर्ष २०७२÷०७३ मा ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि) ३३ दशमलव ३७३ किलोग्राम सुन राष्ट्रबैंकले आफ्नो ढुकटीमा जम्मा भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷०७३ मा अबैध रुपमा नेपाल ल्याइएको ठूलो परिमाण (१ किलोग्राम भन्दा माथि) ९४ दशमलव २०३ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको छ । जसमध्ये सबैभन्दा धेरै परिमाणमा काठमाडौं जिल्ला अदालतले ४७ दशमलव ८८४ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको तथ्यांक छ ।  यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ३१ दशमलव १०६ किलोग्राम बुझाएको राष्ट्रबैंकले जनाएको छ ।
यसैगरी सोही आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयबाट प्राप्त ६ दशमलव ३८४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुककुटीमा जम्मा भएको छ । राजस्व अनुन्धान विभाग पुल्चोक कार्यालयले पनि विभिन्न समयमा गरी ५ दशमलव ६१३ किलोग्राम सुन राष्ट्रबैंकको ढुकुटीमा जम्मा गरेको छ । सोही आर्थिक वर्षमा भन्सार कार्यालय पथलैयाले २ दशमलव ६९८ किलोग्राम सुन राष्ट्रबैंकलाई बुझाएको छ भने भन्सार कार्यालय भैरहवाले १ दशमलव १६९ किलोग्राम सुन बुझाएको तथ्यांक छ । यस्तै सोही आर्थिक वर्षमा विभिन्न कार्यालयबाट ३ दशमलव २१४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुकुटीमा जम्मा भएको छ ।
नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर सुन तस्करी पञ्चायतकालबाटै शुरु भएको विज्ञहरु बताउँछन् । २०४२ सालदेखि नै पञ्चहरु सुन तस्करीको विवादमा मुछिएका तथ्यांकहरु भेटिन्छन् । अहिलेसम्म विभिन्न समसयमा पक्राउ परेको ४ हजार किलोग्राम भन्दा बढी सुन रहेको राष्ट्र बैंकले जनाएको छ । सुन तस्करीमा राजनीतिक दलका नेता, कर्मचारी, प्रहरी, ब्यापारी र तस्करहरु मिलेका देखिन्छन् । यो जालो कस्ले तोड्ने ? जनताले ? प्रश्न सहज छ, तर जवाफ पाउन कठिन छ !

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

१ हप्ता अगाडि
गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक